जेठदेखि लघुवित्तको ब्याजदर बेसरेटको आधारमा आबद्ध, कस्तो हुन्छ असर ?
काठमाडौँ । अब लघुवित्त संस्थाको ब्याजदर पनि आधार दरसँग आबद्ध हुने भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै लघुवित्त संस्थालाई आगामी जेठदेखि ब्याजदरलाई आधार दरसँग आबद्ध गर्ने निर्णय गरेको हो ।
अहिले लघुवित्त संस्थाले स्थिर ब्याजदर लिँदै आएका छन् । सबैजसो लघुवित्तको ब्याजदर १५ प्रतिशत हाराहारीमा रहेको अवस्था छ । यो व्यवस्थापछि लघुवित्त संस्थाबिच प्रतिस्पर्धा बढ्ने अवस्था रहेको नेपाल लघुवित्त बैंकर्स संघका पूर्वअध्यक्ष बसन्त लम्साल बताउँछन् ।
यो व्यवस्थाले लघुवित्त संस्थाको नाफामा स्थिरता कायम हुने उनको भनाइ छ । ‘अहिले बैङ्कहरूले हामीसँग ब्याज बढाउँदा त्यसको भार हामी नै व्यहोथ्र्यौ, अब यो अवस्था कम हुन्छ,’लम्साल भन्छन्,‘अल्पकालमा केही नभए पनि दीर्घकालमा लघुवित्त संस्थालाई फाइदै गर्छ ।’
लम्सालका अनुसार असल कर्जाको प्रोभिजनिङ १ प्रतिशतमा झार्ने व्यवस्थाले लघुवित्त संस्थाहरूको नाफा १ प्रतिशतले बढ्ने अवस्था रहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण