आलोकनगरमा एकीकृत समाजवादीको सचिवालय बैठक
बुधबार, १४ फागुन २०८१, १३ : १०

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको बैठकमा फागुन ९ र १० गते बसेको केन्द्रीय कमिटी बैठकको समिक्षा हुने नेताहरुले बताएका छन् ।
त्यस्तै केन्द्रीय समिति बैठकमा सदस्यहरुले विधान, संगठनलगायतका विषयमा उठेका प्रश्नहरुको व्यवस्थापन र पारित आन्दोलनका कार्ययोजनाअनुसार आन्दोलनको मोडालिटीबारे छलफल हुने उपमहासचिव रामकुमार भट्टराईले जानकारी दिए ।
एकीकृत समाजवादीले आन्दोलनमार्फत पार्टी निर्माण गर्ने घोषणा गरिसकेको छ ।