क्लासिक डाइमण्डको टाइमलेस प्यारागन ज्वेलरी फेसन शो सम्पन्न
काठमाडौँ । क्लासिक डाइमण्डकी टाइमलेस प्यारागन ज्वेलरी फेसन शो (टीपौजेएफएस) काठमाडौँमा सम्पन्न भएको छ ।
क्लासिक डाइमण्ड ज्वेलर्सले मंसिरमा आयोजना गरेको फेसन र मोडलिङ प्रतियोगिता फेस अफ क्लासिक डाइमण्ड’को पाँचौं सिजनका विजेताहरुलाई सम्मान र पुरस्कार पनि प्रदान गरिएको थियो । देशभरबाट छानिएका प्रतियोगिमध्ये पूर्णिका सिंजापति फेस अफ क्लासिक डाइमण्ड, सृष्टि श्रेष्ठ फस्ट रनर अप तथा उरुसा भण्डारी सेकेन्ड रनर अप भएका छन्। विजेताहरुले नगद पुरस्कारसहित एक बर्षका लागि क्लासिक डाइमण्डको ब्रान्ड एम्बेसडर बन्ने अवसर पनि प्राप्त गरेका छन् ।
फेसन सोमा विजेताहरूको क्राउनिंग सेरेमोनि पनि भएको थियो। क्राउनिंग सेरेमोनिपछि विजेताहरुलगायत विभिन्न मुलुकका १५ भन्दा बढी अन्तर्राष्ट्रिय मोडलहरुले इलाइट कलेक्सनका नयाँ डिजाइनका गहनाहरु लगाएर र्याम्पमा वाक गरेका थिए ।

उक्त अवसरमा मिस युनिभर्स २००० तथा बलिउड अभिनेत्री लारा दत सो–स्टपर रहेकी थिइन् । दतले क्लासिक डाइमण्डको विशेष क्राउन लगाएर र्याम्प वाक गरेकी थिइन् । साथै, उनले क्लासिक डाइमण्ड तथा नेपालका बारेमा पनि आफ्नो विचार व्यक्त गरेकी थिइन् ।
फागुन १३ गतेदेखि क्लासिक डाइमण्ड ज्वेलर्सले एक हप्ताका लागि विशेष छुटसहित ज्वेलरी एक्जिबिसन गर्ने भएको छ । एक्जिबिसन क्लासिक डाइमण्ड ज्वेलर्सको न्यूरोड तथा पुल्चोक सोरुममा आयोजना हुनेछ ।
उक्त अवसरमा क्लासिक डाइमण्ड ज्वेलर्सले आफ्नो इतिहासमा नै पहिलो पटक हिरा तथा जेम्स स्टोन जडित गहनाहरुमा फ्याक्ट्री मूल्यमा २५ प्रतिशत छुटको अफर प्रदान गरेको छ। साथै, उक्त अवसरमा इलाइट कलेक्सन अन्तर्गत ५ वटा विभिन्न क्याटागोरीमा हिराका गहना प्रदर्शनी हुने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण