ब्रन्टको अलराउण्ड प्रदर्शन, दिल्लीलाई उछिन्यो मुम्बईले

बैंगलुरु । यूपी वारियर्सलाई हराउँदै मुम्बई इन्डियन्स महिला प्रिमियर लिगको अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । बुधबार भएको खेलमा मुम्बई ८ विकेटले विजयी बनेको हो ।
यूपीले प्रस्तुत गरेको १ सय ४३ रनको लक्ष्य मुम्बईले १८ बल अगावै मात्र २ विकेटको क्षतिमा पछ्यायो । मुम्बईको जितमा नाट स्काइभर ब्रन्टले ७५ रनको शानदार इनिङ्स खेलिन् । उनले मात्र ४४ बलमा १३ चौका प्रहार गरिन् ।
उनलाई ओपनर हेली म्याथ्युजले राम्रो साथ दिइन् । हेलीले पनि अर्धशतकीय इनिङ्स खेल्दै ५९ रन जोडिन् । उनले ५० बलमा ७ चौका र २ छक्का प्रहार गरिन् । यूपीका लागि सोफी एक्लेस्टोन र दीप्ति शर्माले १–१ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको यूपीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४२ रन बनाएको थियो । टोलीका लागि ओपनर ग्रेस ह्यारिसले २६ बलमा ४५ रनको योगदान दिइन् । उनले २६ बलमा ६ चौका र २ छक्का हिर्काइन् ।
दिनेश वृन्दाले ३० बलमा ३३ रन बनाइन् । त्यस्तै, श्वेता शेरावतले १९ रन तथा उमा क्षत्रीले १३ रन जोडिन् । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । मुम्बईका लागि नाट स्काइभर ब्रन्ट बलिङमा चम्किइन् । उनले ४ ओभर बलिङ गर्दै मात्र १८ रन खर्चेर ३ विकेट लिइन् ।
यसैगरी शबनिम इस्माइल र संस्कृति गुप्ताले २–२ विकेट हात पारिन् भने हेली म्याथ्युज र अमेलिया केरको नाममा १–१ विकेट रह्यो ।
४ खेलपछि ६ अंक बटुल्दै मुम्बई अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । दोस्रो स्थानमा रहेको दिल्ली क्यापिटल्सको पनि ६ अंक नै छ । तर, टोलीले एक खेल बढी खेलेको छ ।
५ खेल खेलेको यूपीको ४ अंक रहेको छ । टोली चौथो स्थानमा रहेको छ । तेस्रो स्थानमा रोयल च्यालेन्जर्स बैंगलुरुले ४ खेलबाट ४ अंक बटुलेको छ । पुछारमा रहेको गुजरात जायन्ट्सको ४ खेलबाट २ अंक मात्र रहेको छ ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हार्वर्डमा अन्तर्राष्ट्रिय विद्यार्थीमाथि रोक लगाउने ट्रम्प प्रशासनको निर्णयविरुद्ध मुद्दा
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
रास्वपाले बोलायो सचिवालय र केन्द्रीय समितिको बैठक
-
देशमा चार वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
-
प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको स्वार्थले थप गिजोलियो एनआरएनए
-
राजावादी आन्दोलनबारे अन्तर्राष्ट्रिय प्रजातन्त्र संघले के भन्यो ?