ब्रन्टको अलराउण्ड प्रदर्शन, दिल्लीलाई उछिन्यो मुम्बईले
बैंगलुरु । यूपी वारियर्सलाई हराउँदै मुम्बई इन्डियन्स महिला प्रिमियर लिगको अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । बुधबार भएको खेलमा मुम्बई ८ विकेटले विजयी बनेको हो ।
यूपीले प्रस्तुत गरेको १ सय ४३ रनको लक्ष्य मुम्बईले १८ बल अगावै मात्र २ विकेटको क्षतिमा पछ्यायो । मुम्बईको जितमा नाट स्काइभर ब्रन्टले ७५ रनको शानदार इनिङ्स खेलिन् । उनले मात्र ४४ बलमा १३ चौका प्रहार गरिन् ।
उनलाई ओपनर हेली म्याथ्युजले राम्रो साथ दिइन् । हेलीले पनि अर्धशतकीय इनिङ्स खेल्दै ५९ रन जोडिन् । उनले ५० बलमा ७ चौका र २ छक्का प्रहार गरिन् । यूपीका लागि सोफी एक्लेस्टोन र दीप्ति शर्माले १–१ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको यूपीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४२ रन बनाएको थियो । टोलीका लागि ओपनर ग्रेस ह्यारिसले २६ बलमा ४५ रनको योगदान दिइन् । उनले २६ बलमा ६ चौका र २ छक्का हिर्काइन् ।
दिनेश वृन्दाले ३० बलमा ३३ रन बनाइन् । त्यस्तै, श्वेता शेरावतले १९ रन तथा उमा क्षत्रीले १३ रन जोडिन् । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । मुम्बईका लागि नाट स्काइभर ब्रन्ट बलिङमा चम्किइन् । उनले ४ ओभर बलिङ गर्दै मात्र १८ रन खर्चेर ३ विकेट लिइन् ।
यसैगरी शबनिम इस्माइल र संस्कृति गुप्ताले २–२ विकेट हात पारिन् भने हेली म्याथ्युज र अमेलिया केरको नाममा १–१ विकेट रह्यो ।
४ खेलपछि ६ अंक बटुल्दै मुम्बई अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । दोस्रो स्थानमा रहेको दिल्ली क्यापिटल्सको पनि ६ अंक नै छ । तर, टोलीले एक खेल बढी खेलेको छ ।
५ खेल खेलेको यूपीको ४ अंक रहेको छ । टोली चौथो स्थानमा रहेको छ । तेस्रो स्थानमा रोयल च्यालेन्जर्स बैंगलुरुले ४ खेलबाट ४ अंक बटुलेको छ । पुछारमा रहेको गुजरात जायन्ट्सको ४ खेलबाट २ अंक मात्र रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण