‘गसिप गर्ल’ मिशेल ट्राचटेनबर्गको निधन

लस एञ्जलस । नेटफ्लिक्सको सुपरपपुलर शो ‘गसिप गर्ल’ की अभिनेत्री मिशेल ट्राचटेनबर्गको निधन भएको छ । ३९ वर्षको उमेरमा उनको निधन भएको हो । फेब्रुअरी २६ मा आफ्नै अपार्टमेन्टमा उनी मृत फेला परेकी थिइन् ।
प्रहरीले यस मामिलामा छानबिन गरिरहेको छ । अभिनेत्रीको आमा छोरीलाई खोज्दै अपार्टमेन्टमा जाँदा उनलाई बेहोस अवस्थामा फेला पारेको न्युयोर्क शहर प्रहरीले भनेको छ । ।
मृत्युको वास्तविक कारण अझै थाहा हुन सकेको छैन । तर न्यूयोर्क शहर प्रहरी विभाग (एनवाईपीडी)ले मृत्युमा कुनै खाले आपराधिक संलग्नतालाई अस्वीकार गरेको छ । बिहान ८ बजेपछि ९११ मा फोन आएको र तुरुन्तै मिचेलको घरमा सम्पर्क गरिएको प्रहरीहरूले बताए । आपतकालीन कर्मचारीहरूले अभिनेत्रीलाई घटनास्थलमै मृत घोषित गरेका थिए ।
मिशेलका प्रमोटर ग्यारी मान्टौशले एक आधिकारिक विज्ञप्तिमा उनको मृत्युको पुष्टि गरेका छन् । ‘मिशेल ट्राचटेनबर्गको निधनको घोषणा गर्दा हामीलाई निकै दुःख लागेको छ । परिवारले यस शोकको घडीमा आफ्नो गोपनीयता कायम राखिदिन अनुरोध गरेको छ । यस समयमा थप जानकारी उपलब्ध छैन’ सामाजिक सञ्जालमा एउटा पोस्टमा मान्टौशले लेखेका छन् ।
गत महिना मात्रै भएको थियो कलेजो प्रत्यारोपण
मिशेल कलेजोको रोगबाट पीडित थिइन् । अभिनेत्रीको गत महिना मात्र कलेजो प्रत्यारोपण गरिएको थियो । उनको मृत्यु प्रत्यारोपण पछिको जटिलताका कारण भएको हुन सक्ने समाचारहरूमा भनिएको छ । तर यसको आधिकारिक पुष्टि अहिलेसम्म भएको छैन ।
मिशेल ट्राचटेनबर्गले नेटफ्लिक्सको लोकप्रिय धारावाहिक गसिप गर्लमा जर्जिना स्पाक्र्सको भूमिका निभाएकी थिइन् । यो भूमिकामा उनलाई धेरै मन पराइएको थियो । यो सिरिजको ६ वटा सिजन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकहरूले गराए शिक्षामन्त्रीको गम्भीर ध्यानाकर्षण
-
महानिरीक्षक अर्यालद्वारा हिमाल आरोही जंंगमको सम्मान
-
जेठ २ गतेबाट मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सञ्चालन गर्ने माओवादीको निर्णय
-
लायन्स कप भलिबल : आर्मीलाई हराउँदै इरानी टोली फाइनलमा
-
मधेस प्रदेशमा मङ्गलबार सार्वजनिक विदा
-
साउथ सुडान मिसनमा जाने १२औँ डफ्फाको बिदाइ