नेपाल बारका मतदाता ११ हजार बढी (नामावलीसहित)
बिहीबार, १५ फागुन २०८१, १६ : ४६
काठमाडौँ । आगामी चैत २३ गते हुने नेपाल बार एसाेसियसनको निर्वाचनका लागि मतदाताहरूको प्रारम्भिक सूची सार्वजनिक भएको छ । एसोसिएसनको निर्वाचन समितिले बिहीबार ११ हजार ७७२ जना मतदाताको नाम सार्वजनिक गरेको हो ।
त्यस्तै, मतदाता नामावलीमा दाबी विरोधका लागि फागुन १८ गतेको समय तोकिएको छ । मतदाताको अन्तिम नामावली फागुन २० गते प्रकाशित गरिने निर्वाचन समितिले जनाएको छ ।
उम्मेदवारी दरखास्त दिने मिति फागुन २२ गते बिहान ११ बजेदेखि ३ बजेसम्मका लागि तय गरेको बारले अध्यक्ष पदका लागि ६० हजार रुपैयाँ, उपाध्यक्षका लागि ४० हजार रुपैयाँ, महासचिवका लागि ४० हजार रुपैयाँ, कोषाध्यक्षका लागि ४० हजार रुपैयाँ तथा सदस्यहरूका लागि ३० हजार रुपैयाँ दाखिला शुल्क तोकेको छ ।
उम्मेदवारहरूको पहिलो नामावली फागुन २२ गते प्रकाशित गर्ने निर्वाचन समितिले जनाएको छ ।
नामावली-
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण