नेपाल ओलम्पिक कमिटीको नामबाट देशको सहभागिता हुने कुरा अवैधानिक : परिषद्
काठमाडौँ । नेपाल ओलम्पिक कमिटीको नामबाट देशको सहभागिता हुने विषयमा भाग लिने वा कुनै निर्णय गर्ने कुरा पूर्णतः अवैधानिक रहेको राष्ट्रिय खेलकुद परिषद्ले स्पष्ट पारेको छ ।
दक्षिण एसियाली खेलमा नेपालको सहभागिताको सम्बन्धमा सन् २०२५ फेब्रुअरी २५ तारिखका दिन पाकिस्तानको लाहोरमा बसेको दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकमा सहभागी भएको भनिएको नेपाल ओलम्पिक कमिटीको नाममा, विधान संशोधन र निर्वाचनका सम्बन्धमा सर्वोच्च अदालत र पाटन उच्च अदालतले अन्तरिम आदेश जारी गरेकोले नेपालको ओलम्पिक कमिटीको हैसियतले भाग लिने कुरा सम्मानित अदालतको आदेश विपरीत रहेको परिषद्को भनाई छ ।
युवा तथा खेलकुद मन्त्रालय मार्फत आईओसीसँग समन्वय गरि यी सबै विषयको जानकारी सहित ठोस समाधानका लागि पहल भइरहेको बताइएको छ ।
१४औँ दक्षिण एसियाली खेलकुद सन् २०२६ जनवरी २३ देखि ३१ तारिखसम्म पाकिस्तानको लाहोर सहरमा आयोजना हुने भनिएको थियो ।
विज्ञप्तिमा भनिएको छ, ‘यस दक्षिण एसियाली क्षेत्रका लागि एक महत्त्वपूर्ण र प्रतिष्ठित वृहत् खेलकुद प्रतियोगिता कारणवश तोकिएको समयमा हुन नसकेको अवस्थामा आयोजक समिति र पाकिस्तान ओलम्पिक कमिटीको प्रयासबाट प्रतियोगिताको मिति निधो गरी दक्षिण एसियाली क्षेत्रका खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गरी अघि बढ्न र आफ्नो खेल जीवनलाई सुनिश्चित गर्ने सुनौलो अवसर प्राप्त गर्ने विषयमा हामी स्वागत गर्दै परिषद् मित्रराष्ट्र पाकिस्तानलाई प्रतियोगिताको सफल आयोजनाका लागि शुभकामना व्यक्त गर्दछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण