कांग्रेसले स्ववियु निर्वाचनमा समन्वय गर्न सात प्रदेशमा खटायो कमान्डर
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याणकारी परिषद्ले आगामी चैत ५ गतेका लागि तोकेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा समन्वय गर्न नेपाली कांग्रेसले सात प्रदेशमा कमान्डर खटाएको छ । चार प्रदेशमा सहमहामन्त्रीलाई कमान्डर बनाइएको छ भने तीन प्रदेशमा केन्द्रीय सदस्यलाई जिम्मेवारी दिइएको पार्टी केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताले महामन्त्री विश्वप्रकाश शर्मालाई स्ववियु निर्वाचनको आन्तरिक तयारीका लागि संयोजन गर्ने जिम्मेवारी दिएका थिए ।
महामन्त्री शर्मासहितका नेताहरूको छलफलपछि सातै प्रदेशमा संयोजनका लागि नेताहरू खटाइएको हो । कांग्रेसले यसबारे औपचारिक विज्ञप्ति जारी गरेर सञ्चारमाध्यमलाई जानकारी दिएको छैन । पार्टी केन्द्रीय कार्यालयका अनुसार कोशी प्रदेशमा सहमहामन्त्री भिष्मराज आङ्देम्बे, मधेस प्रदेशमा सहमहामन्त्री महेन्द्र यादव, बागमती प्रदेशमा सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ र गण्डकी प्रदेशमा सहमहामन्त्री जीवन परियारलाई कमान्डरको जिम्मेवारी दिइएको छ ।
त्यस्तै लुम्बिनी प्रदेशमा केन्द्रीय सदस्य डा।चन्द्रकान्त भण्डारी, कर्णाली प्रदेशमा जीवनबहादुर शाही र सुदूरपश्चिम प्रदेशमा एनपी साउदलाई कमान्डरको जिम्मेवारी दिइएको छ । त्यस्तै स्ववियु निर्वाचनमा पार्टी केन्द्रीय कार्यालय सानेपाबाट संयोजन गर्ने जिम्मेवारी केन्द्रीय सदस्य नानु बास्तोलालाई दिइएको छ ।
स्ववियु निर्वाचनको संयोजन गर्ने जिम्मेवारी पाएका महामन्त्री शर्माले पार्टीको भ्रातृ संस्था स्ववियु निर्वाचनमा होमिँदै गर्दा पार्टीले चासो राख्नु स्वाभाविक भएको प्रतिक्रिया दिए । उनले रातोपाटीसँग भने, ‘भ्रातृसंस्था स्ववियु निर्वाचन लड्दै गर्दा पार्टीले चासो लिनु स्वाभाविक हो । पार्टीले आन्तरिक रूपमा अवश्य पनि तयारी गर्छ नै । मिडियालाई नै दिनेगरी सूचना छैन ।’
कांग्रेसले औपचारिक निर्णय गर्दा पार्टी भित्र र बाहिरबाट आलोचना हुने डरले अनौपचारिक रूपमा कमान्डर खटाउने र काम गर्ने गरिरहेको छ । प्रदेशका कमान्डहरूलाई नेविसंघभित्र देखिएको विवाद मिलाउने र सर्वसम्मत उम्मेदवार बनाउने जिम्मेवारी दिइएको छ ।
कांग्रेसमा पार्टीमा जस्तै संस्थापन र नेता डा.शेखर कोइराला समूहका विद्यार्थी नेताहरूबिच चर्को विवाद छ । संस्थापनले जिल्ला जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएपछि डा.कोइराला समूहले पनि समानान्तर रूपमा प्रतिनिधि खटाएपछि विवाद तल्लो तहसम्म पुगेको छ । त्रिभुवन विश्वविद्यालयले ६२ आंगिक एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन गर्न लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण