युगान्डामा हुने चार राष्ट्र सम्मिलित शृङ्खलाका लागि महिला क्रिकेट टोलीको घोषणा
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले युगान्डा क्रिकेट संघको आयोजनामा हुने मैत्रीपूर्ण प्रतियोगिताका लागि अन्तिम १४ सदस्यीय टोलीको महिला घोषणा गरेको छ । प्रतियोगिता मार्च ६ देखि १७ तारिखसम्म युगान्डामा सञ्चालन हुनेछ ।
क्यानले बन्द प्रशिक्षणमा रहेका खेलाडीमध्येबाट अन्तिम १४ सदस्यीय टोलीको घोषणा गरेको हो । ईन्दू बर्माको कप्तानीमा घोषित टोलीमा रुविना क्षेत्री बेल्वासे, सम्झना कुमारी खड्का, रचना कुमारी चौधरी रहेका छन् ।
यसैगरी, टोलीमा ममता कुमारी चौधरी, पूजा महतो, राजमती ऐरी, कविता जोशी, बिन्दु रावल, अलिसा कुमारी यादव (विकेटकिपर), रोमा थापा, ईश्वरी विष्ट, साना प्रविन र रिया शर्माले पनि स्थान पाएका छन् ।
प्रतियोगितामा नेपाल र आयोजक युगान्डाका अतिरिक्त हङ्कङ र नामिबियाको पनि सहभागिता रहेको छ । प्रतियोगिताको पहिलो खेल मार्च ८ तारिखमा युगान्डा र हङ्कङबिच खेलिने छ । सोही दिन दोस्रो खेलमा नेपाल र नामिबियाबिच भिडन्त हुनेछ ।
यसैगरी, मार्च ९ तारिखमा नेपाल र युगान्डा तथा हङ्कङ र नामिबियाबिच खेल हुनेछ । मार्च १० तारिखमा युगान्डा र नामिबिया तथा नेपाल र हङ्कङबिच भिडन्त हुनेछ । मार्च १२ तारिखमा नेपाल र नामिबिया तथा हङ्कङ र युगान्डाबिच खेल हुनेछ ।
यसैगरी, मार्च १३ तारिखमा नामिबिया र हङ्कङ तथा नेपाल युगान्डाबिच भिडन्त हुनेछ । मार्च १४ तारिखमा नेपाल र हङ्कङ तथा नामिबिया र युगान्डाबिच खेल हुनेछ । मार्च १६ तारिखमा पहिले तेस्रो र चौथो स्थानका लागि खेल हुनेछ । प्रतियोगिताको फाइनल खेल पनि सोही दिन खेलिने छ ।
_Nbe8uAv83F.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इप्पानको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जर्मनी ४–१ ले अघि
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
-
काइ हाभर्ट्जको पेनाल्टी गोल, पहिलो हाफमा जर्मनी ३–१ ले अघि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण