प्रभावशाली खेलाडीको नामसँग जोडिएको यो खराब कीर्तिमान
सोमबार, १९ फागुन २०८१, १२ : १५
काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफीको इतिहासमा सफल खेलाडीमध्ये एक हुन्, अस्ट्रेलियाका शेन वाट्शन । तर, च्याम्पियन्स ट्रफीमा उनको नामसँग एउटा खराब कीर्तिमान पनि जोडिएको छ ।
उनी च्याम्पियन्स ट्रफीमा सबैभन्दा बढी पटक ‘डक आउट’ हुने ब्याट्सम्यान पनि हुन् । वाट्सन च्याम्पियन्स ट्रफीमा चारपटक ‘डक आउट’ भएका छन् ।
यसका अतिरिक्त, अन्य तीन ब्याट्सम्यान तीन–तीनपटक ‘डक आउट’ भएका छन् । तीनपटक ‘डक आउट’ हुने ब्याट्सम्यान बंगलादेशका हबिबुल बसार, न्युजिल्यान्डका नाथन एसल, पाकिस्तानको सोएब मलिक र श्रीलंकाका सनथ जयसूर्या हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण