चितवनमा नयाँ फोटोन शोरूम र माउन्टेन ईभीको सुरुवात
चितवन । एमएडब्लू वृद्धि कमर्सियलले चितवनमा आफ्नो नयाँ फोटोन शोरूमको शुभारम्भ गरेको छ। आर्थिक उन्नतिलाई प्रवर्द्धन गर्ने प्रयास अनुरूप यस शोरुमको उद्घाटन गरिएको कम्पनीले जनाएको हो।
एमडी विवेक सिकरियाका अनुसार कम्पनी दिगो गतिशीलताप्रति सधैं प्रतिबद्ध छ। एमएडब्लू वृद्धि कमर्सियलका सीईओ तुषार गुप्ता भन्छन्, अन्तर्राष्ट्रिय स्तरमा समेत बलियो सफलता हासिल गरिसकेको व्यावसायिक ईभीको अग्रणी ब्राण्ड फोटोनले नेपालमा हरित यातायातको व्यापकतालाई सक्षम बनाउने छ।
नेपालका लागि फोटोन मोटरको आधिकारिक वितरक एमएडब्ल्यू वृद्धि कमर्सियल भेहिकलले आफ्नो विद्युतीय सवारी साधन फोटोन माउन्टेन ईभी भ्यान औपचारिक रूपमा सुरु गरेको छ। आरामदायी हेडस्पेसको सुविधा दिने हेतुले माउन्टेन ईभी भ्यानलाई अग्लो छत सहितको फराकिलो भित्री भागमा १४ देखि १६ जना यात्रुहरू बस्न मिल्ने गरी कन्फिगर गरिएको छ।
५०.२३ किलोवाट प्रति घण्टाको ब्याट्रीले एक पटक चार्ज गर्दा २३५ किलोमिटरसम्मको रेन्ज प्रदान गर्दछ जसले यसलाई नेपालको कठिन भूभागको लागि उपयुक्त बनाउँछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण