नेपाललाई आत्मनिर्भर अर्थतन्त्रको विकासमार्फत अघि बढाउन जरुरी : उपराष्ट्रपति यादव
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाललाई आत्मनिर्भर, स्वावलम्बी एवं स्वाधीन अर्थतन्त्रको विकासमार्फत अघि बढाउन जरुरी रहेको बताएका छन् । सोमबार काठमाडौँमा नेपाल विश्व सम्बन्ध परिषद्को ७७ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उपराष्ट्रपति यादवले नेपाल सबै मित्रराष्ट्रहरूसँग मित्रवत् दुई पक्षीय सम्बन्ध, जनस्तरबिचको सम्बन्धको पक्षमा रहँदै आफ्नो विकासका बहुआयामिक क्षेत्रहरूमा आपसी सहयोग एवं सहकार्यबाट अघि बढ्न चाहेको बताए । उनले जलवायु संकटका कारण विश्व शान्ति र समृद्धिमा नयाँ चुनौतीहरू थपिएको बताए । नेपालको संविधानको निर्देशक सिद्धान्तहरूमा धारा ५१ को (ड) मा उल्लेखित अन्तर्राष्ट्रिय सम्बन्धी नीति, नेपालको सार्वभौम सत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय हितको रक्षा गर्न क्रियाशील रहँदै संयुक्त राष्ट्रसंघको बडापत्र, असंलग्नता, पञ्चशिलको सिद्धान्त, अन्तर्राष्ट्रिय कानुन र विश्व शान्तिको मान्यताका आधारमा राष्ट्रको सर्वोपरी हितलाई ध्यानमा राखी स्वतन्त्र परराष्ट्र नीति सञ्चालन गर्ने उद्देश्यबाट परिलक्षित रहेको बताए ।
उपराष्ट्रपति यादवले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली, सुशासन, मानव अधिकार प्रवर्द्धनका लागि साझा प्रतिबद्धताका साथ अघि बढ्न जरुरी रहेको बताए । जलवायु परिवर्तन, महामारीको प्रभाव, आर्थिक सुस्तताबाट त्राण पाउन नेपालसहित अन्तर्राष्ट्रिय जगतसँग साझा रणनीति र सामूहिक प्रयासका साथ अघि बढ्न सक्नुपर्ने उनले बताए ।
उनले भने, ‘नेपाललाई आत्मनिर्भर, स्वावलम्बी एवं स्वाधीन अर्थतन्त्रको विकासमार्फत अघि बढाउन जरुरी छ । यसमा सबैको योगदान अनिवार्य छ । यो सन्दर्भमा यस परिषद्को जिम्मेवारी र भूमिका झनै बढी हुनसक्छ । नेपालको संविधानको निर्देशक सिद्धान्तहरूमा धारा ५१ को (ड) मा उल्लेखित अन्तर्राष्ट्रिय सम्बन्धी नीति, नेपालको सार्वभौम सत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय हितको रक्षा गर्न क्रियाशील रहँदै संयुक्त राष्ट्रसंघको बडापत्र, असंलग्नता, पञ्चशिलको सिद्धान्त, अन्तर्राष्ट्रिय कानुन र विश्व शान्तिको मान्यताका आधारमा राष्ट्रको सर्वोपरी हितलाई ध्यानमा राखी स्वतन्त्र परराष्ट्र नीति सञ्चालन गर्ने उद्देश्यबाट परिलक्षित छ ।’
उपराष्ट्रपति यादवले परराष्ट्र नीतिलाई सुदृढ गर्दै अन्तर्राष्ट्रिय सम्बन्धलाई थप प्रगाढ एवं बलियो बनाउन निरन्तर प्रयासको खाँचो रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै दुर्व्यवहार, कर्मचारीद्वारा विरोध
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण