रुपन्देही सुनगाभा सैनामैना गोल्डकप : मुर्गिया फुटबल क्लबको विजयी सुरुवात
बुटवल । रुपन्देही सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगितामा आयोजक मुर्गिया फुटबल क्लबले विजयी सुरुवात गरेको छ। रुपन्देहीको सैनामैनामा–४ मुर्गियामा मुर्गिया फुटबल क्लबको आयोजनामा सुरु भएको गोल्डकपको उद्घाटन खेलमा गोर्खा ब्वाइज रुपन्देहीलाई १–० गोल अन्तरले हराउँदै आयोजक मुर्गिया एफसीले विजयी सुरुवात गरेको हो।
मुर्गिया फुटबल क्लबलाई जिताउन खेलको दोस्रो हाफको १९ औँ मिनेटमा रोशन पहाडीले गोल गरेका थिए । निकै कडा प्रतिस्पर्धा भएको खेलमा विपक्षी टिम गोर्खा ब्वाइजले निर्धारित समयमा कुनै पनि गोल गर्न नसक्दा मुर्गिया एफसीका रोशनले गरेको १ गोल निर्णायक बन्दा आयोजक विजयी बनेको हो ।
दोस्रो खेल भोलि नेपाल पुलिस र फर्साटिकर यूथ क्लबबिच दिउँसो ३ बजे हुने टिम संयोजक श्री दर्लामीले बताए । प्रतियोगितामा पहिलो स्थान हासिल गर्ने टिमले नगद ७ लाख रुपैयाँसहित ट्रफी, मेडल, प्रमाणपत्र र दोस्रो स्थान हासिल गर्ने टिमले नगद ४ लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
सेमिफाइनलमा पुगेर बाहिरिने दुई टिमले नगद ४०–४० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट मिडफिल्डर, राइजीङ प्लेयर र उत्कृष्ट प्रशिक्षकलाई जनही १५ हजार रुपैयाँ र ट्रफी प्रदान गरिनेछ।
प्रतियोगितामा ए डिभिजन, नेपाल सुपर लिग र मोफसल क्लब गरी १० टोली सहभागी हुनेछन् । स्थानीय स्तरमा फुटबल खेल र खेलाडीको विकास गरी सैनामैनालाई खेलको माध्यमबाट राष्ट्रिय स्तरमा परिचित गराउने उद्देश्यले सैनामैना गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको खेल संयोजक अशोक खड्काले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु (अपडेट)
-
एसियाली करातेमा एरिकालाई कास्य पदक
-
इजरायल र हिज्बुल्लाह समूह ‘युद्धविरामका लागि सहमत’
-
चार अध्यादेश स्वीकृत–रास्वपा महाधिवेशनका लागि संसद् छुट्टीसहित यस्ता छन् १० बजे १० समाचार
-
काठमाडौँ प्याब्सनका कोषाध्यक्ष मृत फेला
-
बोनम्यारो’ पीडित बालक बिपिनको उपचार खर्च जुटाउन नसकेर परिवार तनावमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण