विराट गोल्डकप फुटबलः पहिलो खेलमा मोरङ एफए विजयी
मोरङ । विराटनगरको शहीद रङ्गशालामा सोमबारदेखि सुरु भएको ‘विराट गोल्डकप’ फुटबल प्रतियोगिताअन्तर्गतको पहिलो खेलमा ‘रिजाल’को मोरङ एफए विजयी भएको छ ।
विराट गोल्ड कप ट्रष्टद्वारा आयोजित रात्रिकालीन प्रतियोगितामा रिजालको एफएले भारतको कोलकात्ताको साउर्थन समिति एफसी लाई ३–२ गोलले हराएको हो ।
रिजालको ११ नम्बर जर्सीका अभिषेक गुरुङले मध्यान्तर अगाडि पहिलो गोल गरे भने प्रतिउत्तरमा कोलकात्ताका जर्सी नं १५ का सुदिप्ता हाल्डेनले १३ मिनेटमा गोलगरी खेल बराबरीमा पुर्याएका थिए ।
यसैगरी कोलकात्ताका जर्सी नम्बर ७ का अनिवेशले ३४ मिनेटमा गोल गरेका थिए भने रिजालकोका जर्सी नम्बर २ का दोर्जे तामाङले ४६ मिनेटमा पेनाल्टीमार्फत गोलगरी खेललाई पुनः बराबरीमा ल्याए । मध्यान्तरपछिको ४४ मिनेटमा रिजालकोका जर्सी नम्रब १३ का मौसमले लिम्बूले गोलगरी आफ्नो टिमलाई विजयी बनाई क्वाटर पुर्याउन सफल भए ।
खेलको ‘म्यान अफ दि म्याच’ मोरङ एफएका मौसम लिम्बू घोषित भई रु ११ हजार नगद प्राप्त गरेका छन् । भोलिको खेल गत वर्षको विजेता सशस्त्र प्रहरीको एपीएफ र भारत दिल्लीको सुदेभा दिल्ली एफसी बीच हुने ट्रष्टले जनाएको छ ।
प्रतियोगितामा भारतका दुई र नेपालका विभागीय टिमसहित १० टिम सहभागी छन् । प्रतियोगितको विजेतालाई नगद ११ लाख, उपविजेतालाई पाँच लाख, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही १५ हजार, दैनिक हुने खेलको उत्कृष्ट खेलाडीलाई ११ हजार र सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार नगद पुरस्कार दिइने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण