शानदार जितसँगै दोस्रो स्थानमा उक्लियो गुजरात

लखनउ । यूपी वारियर्समाथि शानदार जित हासिल गर्दै गुजरात जायन्ट्स महिला प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ । सोमबार भएको खेलमा गुजरात ८१ रनको अन्तरले विजयी बनेको हो ।
गुजरातले प्रस्तुत गरेको १ सय ८७ रनको लक्ष्य पछ्याउँदा यूपी १०५ रनमा सीमित बन्यो । यूपीलाई सस्तोमा समेट्न काश्वी गौतम र तनुजा कँवरले घातक बलिङ गरे ।
गौतमले ३ ओभरमा मात्र ११ रन खर्चेर ३ विकेट लिइन् भने कँवरले ३.१ ओभरमा १७ रन दिएर ३ विकेट हात पारिन् । त्यस्तै, डियन्ड्रा डोट्टिनले २ विकेट तथा मेघना सिंह र एस्ले गार्डनरले १–१ विकेट लिए ।
यूपीका लागि सिनेल हेनरीले सर्वाधिक २८ रन जोडिन् । ओपनर ग्रेस ह्यारिसले २५ रनको योगदान दिइन् भने उमा क्षत्रीले १७ रन तथा सोफी एक्लेस्टोनले १४ रन बनाइन् । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
यसअघि, पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ८६ रन बनाएको थियो । टोलीका लागि ओपनर बेथ मुनी शतक बनाउनबाट ४ रनले चुकिन् ।
उनी ९६ रन बनाउँदै नटआउट रहिन् । उनले मात्र ५९ बलको सामना गर्दै १७ चौका प्रहार गरिन् । उनलाई हर्लिन देओलले ३२ बलमा ४५ रन बनाउँदै राम्रो साथ दिइन् । उनले ६ चौका हिर्काइन् ।
यूपीका लागि एक्लेस्टोनले ४ ओभर बलिङ गर्दै ३४ रन खर्चेर २ विकेट लिइन् । दीप्ति शर्मा, सिनेल हेनरी र क्रान्ति गौडले १–१ विकेट हात पारे ।
६ खेलपछि गुजरातको ६ अंक रहेको छ । टोली ५ खेलबाट ६ अंक बटुलेको मुम्बईलाई नेट रनरेटको आधारमा उछिन्दै दोस्रो स्थानमा पुगेको छ । यूपी भने ६ खेलबाट ४ अंक बटुल्दै पुछारमा रहेको छ ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यसपटक डेंगु सङ्क्रमणको जोखिम बढ्ने
-
कोशीमा आठ अध्यादेश सर्वसम्मतिले पारित
-
वनमन्त्री शाही र चीनका प्रशासक लिउबिच भेटवार्ता
-
प्रहरीले बुझायो तीनकुने घटनाको अनुसन्धान प्रतिवेदन, आइतबार मुद्दा दर्ता हुने
-
भिजिट भिसा प्रकरण : थप ६ कर्मचारी तानिए (सूचीसहित)
-
घनश्याम भुसाल भन्छन् – कार्यकारी पदमा बसेका नेताहरूले ठाउँ छाड्नुपर्छ