यामाहा मेगा सर्भिस क्याम्प फागुन २४ सम्म चल्ने

काठमाडौं । यामाहा नेपालले फागुन १८ देखि सुरु गरेको सर्भिस क्याम्प २४ गतेसम्म चल्ने भएको छ ।
क्याम्प देशभरका सबै यामाहा सेवा केन्द्रहरूमा चल्ने छ । जसबाट विशेषज्ञ सेवाका साथै यामाहा ग्राहकहरूका लागि आकर्षक अफरहरू सुनिश्चित प्रदान गरिने कम्पनीले जनाएको छ ।
सर्भिस क्याम्पबाट यामाहा ल्यूबमा १५%, जेनुइन स्पेयर पार्ट्समा १०%, लेबर चार्जेजमा ५०% छुट दिइने छ । यसैगरी नि:शुल्क बाइक वाश, एएमसी कार्ड र विभिन्न गिफ्ट ह्याम्परहरू पाइने छ ।
एमएडब्ल्यू राइड्सका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवालले भने, “हामीलाई उत्कृष्ट सेवा पनि उत्कृष्ट उत्पादन जत्तिकै महत्त्वपूर्ण हुन्छ भन्नेमा विश्वास गर्दछौं। यसर्थ यामाहा मेगा सर्भिस क्याम्प मार्फत् हामी हाम्रा ग्राहकहरूलाई किफायती मूल्यमा विशेषज्ञ हेरचाह र वास्तविक सेवा प्रदान गर्दैछौं। हामी सबै यामाहा चालकहरूलाई यो अवसरको फाइदा उठाउन र आफ्ना बाइकहरूलाई उत्कृष्ट अवस्थामा राख्न आमन्त्रित गर्दछौं।”
एमएडब्ल्यू राइड्स अन्तर्गतको यामाहा नेपालको एक अग्रणी दुईपाङ्ग्रे ब्रान्ड भएको कम्पनीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्रष्टाचार मुद्दामा विशेषले सफाइ दिएपछि सर्वोच्च पुग्यो अख्तियार
-
कप्तान रियानको शानदार प्रदर्शनका बावजुद १ रनले चुक्यो राजस्थान
-
कांग्रेसले चार भ्रातृसंस्था भंग गर्ने
-
संयुक्त जनआन्दोलन समितिले वैशाख २६ गते काठमाडौँमा मोटरसाइकल र्याली गर्ने
-
मेडिकलबाट ठुलो परिमाणमा लागुऔषध बरामद, सञ्चालक पक्राउ
-
मकवानपुर महिला राष्ट्रिय गोल्डकप : रौतहटलाई हराउँदै पुलिस सेमिफाइनलमा