सर्वाधिक छक्का प्रहार गर्ने सौरभ गांगुली
मङ्गलबार, २० फागुन २०८१, १२ : ५०
काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा सबैभन्दा बढी छक्का प्रहार गर्ने खेलाडी भारतका सौरभ गांगुली हुन् । सन् १९९८ देखि सन् २००४ सम्म च्याम्पियन्स ट्रफी खेलेका गांगुलीले १७ वटा छक्का प्रहार गरेका थिए ।
यो सूचिमा वेस्ट इन्डिजका क्रिज गेल दोस्रो स्थानमा छन् । उनले च्याम्पियन्स ट्रफीमा १५ वटा छक्का प्रहार गरेका छन् ।
तेस्रो स्थानमा रहेका इंग्ल्याण्डका इयोन मोर्गनले १३ खेलमा १४ छक्का प्रहार गरेका छन् । त्यस्तै, १२ छक्कासहित भारतका हार्दिक पाण्ड्या चौथो स्थानमा रहेका छन् । उनले ८ खेलमा यो उपलब्धि हासिल गरेका हुन् ।
पाचौँ स्थानमा अस्ट्रेलियका शेन वाट्सन छन् । उनले १७ खेलमा १२ छक्का प्रहार गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण