जब करणले इमरानलाई टपलेस फोटोसुट गराए
मुम्बई । लामो समयदेखि अभिनयबाट टाढा रहेका आमिर खानका भतिजा इमरान खानले ‘मोमेन्ट अफ साइलेन्स पोडकास्ट’मा करण जोहरले फिल्म 'आई हेट लभ स्टोरीज' मा उनको नराम्रो छवि देखाउन खोजिएको बताएका छन्। फिल्म ‘आई हेट लभ स्टोरीज’ मा इमरान खानले एक विन्दास युवकको भूमिका निर्वाह गरेका थिए।
लगभग १५ वर्षपछि, इमरानले अन्तर्वार्तामा करण जोहरले ठूलो पर्दामा आफूलाई सेक्सी देखाउन कुन रणनीतिहरू प्रयोग गर्थे भनेर खुलासा गरेका हुन् । इमरान खानका अनुसार करण जोहरले उनलाई ‘आई हेट लभ स्टोरीज’ मा सेक्सी देखिन धेरै टपलेस फोटोसुट गराए। यति मात्र होइन, उनलाई विशेष प्रकारको लुगा लगाउन सल्लाह दिइएको थियो।
अभिनेताले भने, ‘मेरो तौल सामान्यतया धेरै बढ्दैन, तर यो फिल्मको लागि म मेरो आहार र व्यायाममा ध्यान केन्द्रित गरिरहेको थिएँ। करणले हामी यसमा पैसा खर्च गर्नेछौँ भनेर भनेका थिए । हामीले धेरै टपलेस सुटहरू गर्यौँ ।’
इमरानको फिल्म 'आई हेट लभ स्टोरीज' २०१० मा रिलिज भएको थियो। पुनित मल्होत्रा निर्देशित यस फिल्ममा सोनम कपूरले उनीसँग स्क्रिन सेयर गरेकी थिइन्। मानिसहरूले उनीहरूको जोडी र केमेस्ट्रीलाई धेरै मन पराए। यो फिल्म बक्स अफिसमा औसत हिट भयो तर समीक्षक र दर्शकहरूबाट अत्यधिक प्रशंसा पाएको थियो।
इमरान खानले 'जाने तु...या जाने ना' बाट अभिनयको दुनियाँमा प्रवेश गरेका थिए। यस फिल्ममा जेनेलिया देशमुखले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन्।
यसबाहेक इमरान खानले 'दिल्ली बेली', 'मेरे ब्रदर की दुल्हन', 'आई हेट लभ स्टोरी', 'गोरी तेरे प्यार में', 'लक', 'एक मैं और एक तू' र 'ब्रेक के बाद' मा पनि काम गरिसकेका छन्। उनी अन्तिम पटक २०१५ मा कंगना रनौतसँग फिल्म 'कट्टी बट्टी' मा देखिएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण