माओवादी जातीय अतिवादको पक्षमा छैन : वर्षमान पुन
कैलाली । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले आफ्नो दल जातीय अतिवादको पक्षमा नरहेको बताएका छन् ।
पार्टी सम्बद्ध थारु राष्ट्रिय मुक्ति मोर्चाको चौथौँ राष्ट्रिय सम्मेलन उद्घाटन समारोहलाई मंगलबार टीकापुरमा सम्बोधन गर्दै पुनले सबै उत्पीडित, वर्ग, क्षेत्र, जाति र समुदायको राज्यमा बराबरी हक हुनुपर्छ भन्ने आफूहरूको नीतिका आधारमा सामन्ती एकाधिकारवादी र पुँजीपतिहरूले गलत आरोप लगाउने गरेको बताए ।
प्रचण्डको नेतृत्वमा उत्पीडित वर्ग, समुदाय तथा कर्णाली र सुदूरपश्चिमजस्ता पिछडिएका क्षेत्रका जनतालाई एकताबद्ध गरेर मुलुकमा सामन्ती व्यवस्थाको पर्यायका रूपमा रहेको राजतन्त्र अन्त्य भएर गणतन्त्र स्थापना भएको पुनको भनाइ थियो । ‘मजदुर, किसान, श्रमिक, महिला, दलित, जनजाति, मधेसी, थारु समुदाय, कर्णाली र सुदूरपश्चिमजस्ता पिछडिएका क्षेत्रका उत्पीडित जनतालाई संगठित र एकताबद्ध गरेर उनीहरूकै बलमा देशमा गणतन्त्र स्थापना भएको हो’ पुनले भने ।
तत्कालीन सामन्ती राजतन्त्रात्मक सत्ताले ‘फुटाऊ र शासन गर’को नीतिअन्तर्गत उत्पीडित समुदाय र वर्गलाई अलग अलग गरेर शासन टिकाएको तर, माओवादी जनयुद्धले उनीहरूलाई एकताबद्ध गरेपछि राजतन्त्र समाप्त भएको पुनले दाबी गरे ।
उनले अझै पनि आन्दोलनका उपलब्धिको रक्षा र थप उपलब्धिका लागि उत्पीडित वर्ग र समुदायबिच बलियो एकता जरुरी रहेको औँल्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण