च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा रियाल मड्रिड विजयी, दबाबमा एटलेटिको
बुधबार, २१ फागुन २०८१, ०४ : ३४

काठमाडौं । च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा रियाल मड्रिडले आफ्नै होम टाउनको एटलेटिको मड्रिडलाई २-१ ले हराएको छ । मंगलबार राती बर्नव्यउमा रियाल मड्रिडले सुरुवातदेखि नै अग्रता कायम गरेर पहिलो लेग आफ्नो पोल्टामा पारेको हो ।
रियाललाई जिताउन रोड्रिगोले खेलको चौथो मिनेट मै गोल गरे भने दोस्रो हाफपछि ब्राहिम डियाले गोल गरेर जित सुनिश्चित गरे । एटलेटिकोका जुलियन अल्भारेजले एक गोल फर्काए । अब यी दुईबीचको दोस्रो लेग एटलेटिकोको घरेलु मैदान मेट्रोपोलिटानो स्टेडियममा हुने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका मुख्यमन्त्री र उत्तर प्रदेशका मुख्यमन्त्रीबिच भेटवार्ता
-
सुकुम्वासी बस्तीमा खानेपानी रोकिएको भन्दै प्रभु साहद्वारा ध्यानाकर्षण
-
दुई तिहाइको अहङ्कारको बेलुन फुटिसकेको देख्छु : प्रचण्ड
-
झापामा ठुलो परिमाणमा ब्राउन सुगर बरामद
-
राजसंस्था पुनर्स्थापनाका लागि आन्दोलनमा उत्रिने घोषणा
-
विद्युत् सर्ट भएर आगलागी, लाखाैँको क्षति