आज भैरहवाको तापक्रम ३४ डिग्री सेल्सियस पुग्ने अनुमान
बुधबार, २१ फागुन २०८१, ११ : ४०
काठमाडौँ । देशभर तापक्रम बढ्न थालेको छ । आज देशभरका नौ स्थानको अधिकतम तापक्रम ३० डिग्री सेल्सियस बढी पुग्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको अनुमान छ ।
आज भैरहवाको अधिकतम तापक्रम ३४ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाको अनुमान छ । यस्तै, दिपायलको तापक्रम ३० डिग्री सेल्सियस, नेपालगन्ज र धनगढीको तापक्रम ३२ डिग्री सेल्सियस पुग्ने महाशाखाको अनुमान छ ।
यस्तै गोराहीको ३०, सिमराको ३२, विराटनगर र धरानको ३१ पुग्ने हुनेछ । महाशाखाका अनुसार जनकपुरको अधिकतम तापक्रम ३२ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाको अनुमान छ ।
महाशाखाका अनुसार आज सबैभन्दा कम तापक्रम जुम्लामा (शून्य डिग्रीसम्म) पुग्ने देखिन्छ । आज पानी र हिउँ पर्ने सम्भावना कतै पनि नरहेको महाशाखाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्धविराम घोषणाको केही घण्टामै इजरायल र हिजबुल्लाहबिच हानाहान
-
फिफाको आचारसंहिता अन्तिम समयमा फेरबदल : रङ्गशालाभित्र पानीका बोतल लैजान नपाइने
-
युद्धबिच राष्ट्रिय एकताको आह्वान गर्दै इरानका सर्वाेच्च नेताको सन्देश
-
रवि लामिछानेका सामु भारतीय प्रधानमन्त्री मोदीले दोहोर्याए १२ वर्ष पुरानो कुरा
-
फिल्म अभिनयमा डेब्यु गर्दै गायक पशुपति शर्मा
-
टिकटकर तुलसा अधिकारीको थुनछेक बहस सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण