रचिन र केनको शतक, न्युजिल्याण्डद्वारा विशाल लक्ष्य प्रस्तुत
लाहोर । आईसीसी च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइनलमा न्युजिल्याण्डले दक्षिण अफ्रिकासामु ३ सय ६३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय ६२ रन बनाएको हो ।
टोलीका लागि रचिन रवीन्द्र र केन विलियमसनले शतकीय इनिङ्स खेले । रचिनले १०१ बलमा १०८ रन जोडे । उनले यस क्रममा १३ चौका र १ छक्का प्रहार गरे । त्यस्तै, विलियमसनले ९४ बलको सामना गर्दै १०२ रन बनाए । उनले १० चौका र २ छक्का प्रहार गरे ।

ग्लेन फिलिप्सले नटआउट रहेर ४९ रनको योगदान दिए । मात्र २७ बलमा उनले ६ चौका र १ छक्का हिर्काए । डेरल मिचेलले ३७ बलमा ४९ रन जोडे भने माइकल ब्रेसवेलले १६ रन बनाए ।
दक्षिण अफ्रिकाका लागि लुंगी एनगिडीले १० ओभर बलिङ गर्दै ७२ रन खर्चेर ३ विकेट लिए । त्यस्तै कागिसो रबाडाले २ विकेट तथा वियान मुल्डरले १ विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण