अमलेखगञ्जबाट लागु औषध अफिमसहित दुई जना पक्राउ
बारा । बारा जिल्लाको जीतपुर सिमरा उप-महानगरपालिका वडा नं. २१, अमलेखगञ्जबाट लागू औषधसहित दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट प्रहरी वरिष्ठ नावय निरीक्षक टेक बहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले बुधबार दिउँसो करिब ३ बजे हेटौंडाबाट वीरगञ्ज जाँदै गरेको बा.प्रदेश ०३-००३ प ३१२६ नम्बरको २२० सि.सि.को पल्सर मोटरसाइकललाई जाँच गर्दा सिटमुनी लुकाएर राखिएको लागू औषध फेला पारेको हो।
प्रहरीका अनुसार उक्त मोटरसाइकल चालक मकवानपुर, राक्सिराङ गाउँपालिका–१ बस्ने २७ वर्षीय सुनिल मोक्तान र मोटरसाइकलको पछाडि सवार मकवानपुर, भीमफेदी गाउँपालिका–३ बस्ने २० वर्षीय हर्क रुम्बालाई नियन्त्रणमा लिइएको छ।
पक्राउ परेका व्यक्तिहरूको साथबाट २ किलो ४१ ग्राम अफिम (४ प्याकेट) बरामद गरिएको छ। उनीहरूलाई आवश्यक कानूनी प्रक्रिया अघि बढाइएको इलाका प्रहरी कार्यालय अमलेखगञ्जले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण