लोकतन्त्रको विकल्प हुन सक्दैन , राजतन्त्र फर्किँदैन- गृहमन्त्री
डडेल्धुरा । गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प अरू केही हुन नसक्ने बताएका छन् ।
डडेल्धुराको पर्शुराम नगरपालिकामा आयोजित ‘पर्शुराम साहित्य महोत्सव’को आज उद्घाटन गर्दै गृहमन्त्री लेखकले राजतन्त्र फर्किने सम्भावना नरहेको बताए। जनताको स्वतन्त्राताको कुनै विकल्प नरहेको उल्लेख गर्दै उनले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको बताए ।
'देशमा गणतन्त्र आएको छ, केही व्यक्तिले राजतन्त्र पुनःस्थापनाको कुरा गर्दैछन्, लोकतान्त्रिक व्यवस्थामा अब राजतन्त्रमा फर्किने सम्भावना छैन । निकै त्याग र तपस्याबाट यो ठाउँमा पुगिएको हो, अब यो ठाउँबाट पछाडि होइन् अगाडि बढ्ने हो', उनले भने ।
गृहमन्त्री लेखकले समाजमा क्रान्तिकारी परिवर्तनका लागि साहित्यको योगदान आवश्यक रहेको पनि बतए । 'संसारमा आजसम्मको प्रगति क्रान्ति र परिवर्तनमा साहित्यको ठुलो योगदान छ', उनले भने। समाज र विज्ञान कहिल्यै पछाडि नफर्किने उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण