बिहेकै कारण भएको हो त तमन्ना विजयको ब्रेक–अप ?
नयाँ दिल्ली । पछिल्लो समय सामाजिक सञ्जालमा तमन्ना भाटियाले आफ्नो कथित प्रेमीसँग ब्रेकअप गरेको खबर आइरहेको छ । बलिउडको यो जोडीले किन यति राम्रो सम्बन्ध अन्त्य गरे भन्नेबारे जान्न फ्यानहरू उत्सुक थिए । यसैबिच यसको कारण बाहिर आएको छ ।
सियासत डेलीको रिपोर्ट अनुसार, तमन्ना विवाह गरेर घर बसाउन चाहन्थिन् । तर, विजय अहिले नै बिहे गर्न तयार थिएनन् । विजयले घरबार बसाउन दबाब महसुस गरिरहेको थिए । अर्कोतर्फ, तमन्ना विवाहको मिति कुर्दा कुर्दा दिक्क भइसकेको थिए । यही विषय उनीहरूबिचको झगडाको कारण बन्यो । अनि अन्ततः दुवैले सम्बन्ध अन्त्य गर्ने निर्णय गरे ।
तमन्ना र विजयको ब्रेकअप भएको हो ?
पिंकभिल्लाको रिपोर्ट अनुसार, दुई स्टारहरू अब अलग भइसकेका हुन सक्छन् । तर उनीहरूले एक अर्कालाई सम्मान गर्छन् र साथीका रूपमा भने रहिरहन चाहन्छन् । तमन्ना र विजयको केही हप्ता अघि ब्रेकअप भएको खबर छ, ।
उनीहरूबिच रोमान्टिक सम्बन्ध टुङ्गिएको तर एक अर्काको असल साथीका रूपमा भने रहने पिंकभिलाले निकट स्रोतलाई उद्धत गर्दै भनेको थियो । यतिबेला दुवै जना आ–आफ्नो काममा व्यस्त छन् । ब्रेक अपको खबर भाइरल भइरहँदा तमन्ना वा विजयको पक्षबाट अहिलेसम्म यसबारे कुनै बयान आएको छैन ।
मिडिया रिपोर्टका अनुसार तमन्ना भाटिया र विजय वर्माले २०२२ मा एक अर्कालाई डेट गर्न थालेका थिए । उनीहरू जुन २०२३ मा रिलिज भएको नेटफ्लिक्स फिल्म ‘लस्ट स्टोरीज २’मा सँगै देखिएका थिए । विजयले एउटा युट्युब च्यानलसँग कुराकानीमा तमन्नासँगको आफ्नो सम्बन्ध स्वीकार गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण