काठमाडौँ राइजर्समा आबद्ध भए सिएरा लियोनका स्ट्राइकर मोहमद बुया
काठमाडौँ । फुटबलको चर्चित फ्रेन्चाइज प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणमा सहभागी क्लबमध्येको एक काठमाडौँ रेजर्सले सिएरा लियोनका स्ट्राइकर मोहमद बुया टुरेलाई विदेशी खेलाडीका रुपमा टोलीमा आबद्ध गरेको छ ।
३० वर्षीय स्ट्राइकर मोहमद बुयाले विश्वका विभिन्न राष्ट्रमा व्यवसायिक फुटबल खेलिसकेका छन् । उनीसँग स्विडेन,चीन,अमेरिकालगायतका राष्ट्रमा पनि व्यवसायिक फुटबल खेलेको अनुभव छ ।
यसअघि उनले युभेन्ट्स आईएफ,डल्कर्ड एफएफ, सेन्ट ट्रुडेन, हेबेई चाइना फोच्र्युन, माल्मो एफएफ, बर्मिङ्घम लेजियनलगायतका क्लबबाट खेलेका थिए । उनले सन् २०१७ देखि सिएरा लियोनको राष्ट्रिय टोलीमा आबद्ध भएका थिए ।
त्यसपछि सन् २०१८ मा इथियोपियाविरुद्धको खेलमार्फत राष्ट्रिय टोलीमा ‘डेब्यू’ गरेका थिए । उनले हालसम्म सिएरा लियोनका लागि १७ खेल खेल्दै तीन गोल गरेका छन् । उनी यसै साता नेपाल आइपुग्ने काठमाडौँ रेजर्सले जनाएको छ ।
‘नेपाल आउन म निकै उत्साही छु । नेपाल सुपर लिगको तेस्रो संस्करणमा काठमाडौँ रेजर्सलाई सफलता दिलाउन सक्दो प्रयास गर्नेछु । काठमाडौँबाट स्वदेश फर्कँदा मसँग स्वर्ण पदक हुनेछ भन्ने विश्वास लिएको छु,’ उनले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नबाट भाग्दै सरकार : नियमावली एकातिर, प्रधानमन्त्री अर्कोतिर
-
खोज, उद्धार र राहतका लागि निजी क्षेत्रले सरकारलाई हेलि र ड्रोन दिने
-
सामान्य प्रशासन मन्त्रालयले सोध्यो सहसचिव नरेन्द्र कुमार रानालाई १५ दिने स्पष्टीकरण
-
शङ्कास्पद पार्किङ अस्वाभाविक : रवि लामिछाने
-
मन्त्री लम्सालको योजना अचम्मको छ, मेरो क्षेत्रमा बजेट नपरे पनि म प्रभावित भएँ : सांसद मगर
-
राष्ट्रपति पौडेलद्वारा विनियोजन विधेयकसहित तीन विधेयक प्रमाणीकरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण