थाइल्याण्डमा अलपत्र पारिएका २० नेपालीको उद्धार
शुक्रबार, २३ फागुन २०८१, २० : ५३

काठमाडौँ । थाइल्याण्डमा अलपत्र पारिएका २० जना नेपालीको उद्धार भएको छ । आकर्षक रोजगारीको प्रलोभनमा भारतको नयाँ दिल्ली हुँदै त्यहाँ पुर्याइएका नेपालीहरूको उद्धार गरी शुक्रबार स्वदेश फर्काइएको थाइल्याण्डस्थित नेपाली दूतावासले जनाएको छ ।
दूतावासले सरकारले तोकेको मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्रै वैदेशिक रोजगारीमा जान आग्रह गर्दै कसैको प्रलोभनमा नफस्न विज्ञप्तिमार्फत सचेत गराएको छ ।