वनमन्त्री ठकुरी र भारतका वातावरणमन्त्री यादवबिच भेटवार्ता
काठमाडौँ । भारत भ्रमणमा रहेका वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी र भारतका वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्री भुपेन्द्र यादवबिच भेटवार्ता भएको छ ।
नयाँ दिल्लीमा आज भएको भेटमा उनीहरुबिच द्विपक्षीय हित र सम्बन्धका विविध विषयमा छलफल भएको मन्त्री शाहीका प्रमुख स्वकीय सचिव लेकविक्रम शाहीले जानकारी दिए । सो अवसरमा मन्त्री शाहीले दुई देश बिच घनिष्ट सम्बन्ध रहिआएको उल्लेख गर्दै नेपालको विकास र विभिन्न क्षेत्रमा भारत सरकारको सहयोगका लागि आभार व्यक्त गरेका थिए ।
उनले भारतमा जस्तै नेपालमा पनि वन क्षेत्र र वन्यजन्तुको सङ्ख्या वृद्धि भइरहेको बताए । उनीहरुबिच जैविक विविधता संरक्षणमा सहकार्य गर्न द्विपक्षीय सम्झौता गर्न सकिने बारेमा छलफल भएको थियो ।
मन्त्री शाहीले रक्तचन्दन व्यवस्थापनका लागि सहयोग र सहकार्य गर्न चाहेको तथा दक्षिण एसियामा वायु प्रदूषण साझा समस्याका रुपमा रहेकाले कुनै साझा कार्यक्रम वा परियोजना बनाएर काम गर्नुपर्ने बताएका थिए ।
उनले हिमालयमा परेको जलवायु असर बारे विश्व समुदायलाई ध्यानाकर्षित गर्न नेपालले आगामी जेठ २ देखि ४ गतेसम्म ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ बिषयमा आयोजना गर्न लागेकोे सगरमाथा संवाद कार्यक्रममा औपचारिक निमन्त्रणा गरिने जानकारी दिँदै सहभागिताका लागि अनुरोध गरे ।
भेटमा दुई देशका उच्च अधिकारीको सहभागिता थियो । ‘विश्व दिगो सम्मेलन’मा सहभागी हुन यही फागुन २० गते नयाँ दिल्ली प्रस्थान गरेका मन्त्री शाही फागुन २४ गते स्वदेश फर्कने तालिका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण