खेतीपाती कुराको !

आऊ साथी-
चौतारी डिलमा बसी
गरौँ खेतीपाती कुराको !
हिउँले हिमाल छोड्न थाले
सेतो हिमाल
कालो चट्टानको पर्वत बन्दैछ ।
कतै त्यसको नामाङ्कन
ब्ल्याक भ्यु टावर घोषणा गर्ने पो हो कि ?
अनि
राष्ट्रिय-अन्तर्राष्ट्रिय पर्यटकबाट
पैसा फालाफाल
अनि तिमी र म मालामाल
साँच्चै उँभो हुँदै उँधो बग्ने
सुन्दर हिमाल पग्लेर बगेको
खोला-नदीहरू डराई-डराई बग्दैछन्
कतै छिमेकीले
आधा बाटोमै बाटो छेक्छन् कि भनेर
कुरै त हो !
साथी
थुनिएको बाँधमा
चलाऊ पानी जहाज ,गरौँ नाग र साँपको पालन
फस्टाएको आशा लिएर व्यापार ।
ए साँच्चिकै !
मेलम्चीको पानी आइपुगेर
काठमाडौँको मुटु
देशभरिबाट जनताका सपनाहरूको
उपहास गर्ने ठाउँ नजिकैको
कुन्नि कुन गाउँ डुबायो रे !
बलियो पाइप फोरेर
कतै ती पानीले
सुन्दरता निलेको राजधानीमा
राजधानीको खेतीयोग्य खेतले उमारेको
कङ्क्रिटको रुखहरू उखेलेर
पुनः
बालीनाली रोपेर उर्वरा जमिन पो बनाउने हो कि
साँच्चै !
भ्याली वरिपरिको हरियाली ढिक र ढिस्का,डाँडा-पाखा
विदुर पुरुष झैँ कुरूप भएको छ,
माटोको व्यापार गर्ने
ऐश्वर्यमा र्याल काड्नेहरूको मारमा परेर
कतै ती खुईले पहाडको तालु-तालुमा
हिमालसँग हिउँ सापट लिएर
स्नो स्केटिङ्ग खेल्ने खेल मैदान
बनाउने पो हो कि ?
कुरै त हो साथी !
घर-घरमा आइपुगेको ग्यास पाइपबाट
बल्दै गरेको चुलोमा
मिष्ठान्न भोजन बनाएर
अरब र मलायमा रगतपसिनाको व्यापार गर्ने
युवायुवतीलाईको निम्ति क्याटेरिङ्ग
सर्भिस पो गर्ने हो कि ?
ए साँच्चै !
माथि यमराजलाई राजी बनाउँदै
चित्रगुप्त सँग गरेर सहकार्य
खोल्नु पर्ला एउटा
घच्चुको बैंक पो खोलौ कि ?
भ्रष्टाचार गरेर थुपारेको नेताको पैसो जोहो गर्न ।
कुरै त हो साथी
भेटेको छु ।
मुस्किलले मुसोलिनी, हिट्लर र सद्दामलाई
यिनीहरूबाट सिकेको तानाशाही
लादेर देशमा
कुख्यात भ्रष्टहरूको भुँडीको दमा बजाउने पो हिको ?
कुरै त हो साथी
सातै महादेशमा सात वटा स्टार होटेल खोलेर
देशकै धनी चौधरी भन्दा
धनी पो बन्ने हो कि?
अन्तमा साथी !
कुराले जतिसुकै खेतजोते पनि
युवाले देश छोडेर
देश खण्डहर भूत बंगलामा परिणत हुँदैछ ।
देश को फेस चम्काउन
चप्पल पट्काएर निक्लेका महोदयहरू
दिन दुई गुणा , रात चौगुना मौलाउँदै छ ।
गाउँ-घर रित्तिएर
पुरानो घरको खाँबो,धुरी र दलिन
टुटेर टुक्राटुक्रा हुँदै
नाउँ मात्रै को घर बनेको छ ।
खुसी खोज्न बैँस थारो बनाउँदै
खाडी छिरेका युवा-युवतिले
रगतपसिना को मसीले
अरेबिया सागर छेउको बगरमा
दुःखको दुखान्त कथा लेख्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद माया राईको कार्यकालमा २ करोड ४० लाख हिनामिना
-
खरबुजाको बियाँ खानुभएको छ ? यस्ता छन् फाइदा
-
राष्ट्रकवि घिमिरेका कविता वाचन गर्दै राष्ट्रपतिले भने, ‘स्रष्टालाई सम्मान गर्न समाज र सरकारले कन्जुस्याइँ गर्न हुन्न’
-
माओवादीको निष्कर्ष– हुलाकी मार्ग अभियान सोचेभन्दा बढी उपलब्धिपूर्ण
-
सिमावर्ती क्षेत्रका नागरिकलाई सरकारले लुट्ने काम गरिरहेको छ : प्रभु साह
-
चन्दा सङ्कलन गरेर किरियाघर निर्माण