समस्या सडकमा होइन सरकारमा छ : सांसद दाहाल
काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले समस्या सडकमा नभएर सरकारमा रहेको बताएका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै दाहालले जनताले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि जनताले प्रश्न नउठाएको बरु सरकारप्रति जनता आक्रोशित बनेको बताएका हुन् ।
‘यतिवेला समस्या सडकमा हो कि सरकार समस्या हो ? गम्भीर बहस गर्नुपर्ने हुन्छ । समस्या कहाँनेर छ ?’, दाहालले भने, ‘अहिले जनताले व्यवस्थामाथि प्रश्न उठाएका होइनन्, छैनन् । तर मुख्य प्रश्न सरकारमा रहेको बताएका छन् ।’
दाहालले सरकार जनताप्रति उत्तरदायी र जिम्मेवार बन्न नसकेको भन्दै आक्रोशित जनता कहिलेकाहीँ देखाइ दिउन् त भनेर सडकमा पुग्ने गरेको बताए ।
‘अहिले प्रतिगामी राजावादीहरू थोरै सलबलाएका छन् । तर राजावादी सलबलाएर सडकमा आए भन्दैमा विस्तृतीकरण गर्नु पर्दैन’, उनले भने, ‘हामीले निर्वाह गर्नुपर्ने भूमिका गम्भीरतापूर्वक निर्वाह गर्नुपर्ने हुन्छ । संविधानको सफल कार्यान्वयन गर्न सकेका छैनौ, मौलिक हकका लागि आवश्यक कानुन नै बनाएका छैनौँ ।’ उनले प्रचण्ड नेतृत्वको सरकारले कयौँ भ्रष्टाचारीहरुमाथि कारबाही सुरु गरेपनि वर्तमान सरकार गठन भएपछि एउटै भ्रष्टमाथि कारबाही नभएको बताए । उनले घुसखानेलाई मन्त्री भएको तथा गैरकानुनी नियुक्ति र सरुवा बढुवाले प्रश्रय पाएको भन्दै सार्वजनिक संस्थान नाफामा लैजाने कुलामानमाथि आक्रमण भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण