बायर्न म्युनिख च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश
बुधबार, २८ फागुन २०८१, ०३ : ५३
काठमाडौं । जर्मनीको बायर्न म्युनिख आफ्नै होम टाउनको बायर लिभरकुजेनलाई हराउँदै च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगेको छ । मंगलबार राती भएको दोस्रो लेगमा २-० को जित निकाल्दै बायर्न समग्रमा ५-० गोल अन्तरले क्वार्टरफाइनलमा पुगेको हो । गत हप्ता घरेलु मैदानमा भएको पहिलो लेगमा बायर्नले ३-० को जित निकालेको थियो ।
अवे मैदानमा बायर्नलाई जिताउन ह्यारी केन र अल्फान्सो डेभिसले एक-एक गोल गरे । केनले यस सिजन यूरोपमा १० औं पूरा गरेका छन् । जुन कुनै पनि इंग्लिश खेलाडीले एकै सिजन गरेको सबैभन्दा धेरै गोल हो । उनले च्याम्पियन्स लिगका ११ खेलमा १० गोल गरेका हुन् । केनले इतिहास रच्दै बायर्नलाई च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुर्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण