बायर्न म्युनिख च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश
बुधबार, २८ फागुन २०८१, ०३ : ५३

काठमाडौं । जर्मनीको बायर्न म्युनिख आफ्नै होम टाउनको बायर लिभरकुजेनलाई हराउँदै च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगेको छ । मंगलबार राती भएको दोस्रो लेगमा २-० को जित निकाल्दै बायर्न समग्रमा ५-० गोल अन्तरले क्वार्टरफाइनलमा पुगेको हो । गत हप्ता घरेलु मैदानमा भएको पहिलो लेगमा बायर्नले ३-० को जित निकालेको थियो ।
अवे मैदानमा बायर्नलाई जिताउन ह्यारी केन र अल्फान्सो डेभिसले एक-एक गोल गरे । केनले यस सिजन यूरोपमा १० औं पूरा गरेका छन् । जुन कुनै पनि इंग्लिश खेलाडीले एकै सिजन गरेको सबैभन्दा धेरै गोल हो । उनले च्याम्पियन्स लिगका ११ खेलमा १० गोल गरेका हुन् । केनले इतिहास रच्दै बायर्नलाई च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुर्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
सुनकोशी क्षेत्रमा बाढीको जोखिम: खोटाङ प्रशासनद्वारा सतर्कता अपनाउन अनुरोध
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
-
वीरगञ्ज नाकाबाट ११ महिनामा दुई हजार ३ सय ८५ विद्युतीय सवारीसाधन आयात