लिभरपुललाई हराउँदै पीएसजी च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा
बुधबार, २८ फागुन २०८१, ०४ : ४५
काठमाडौं । इंग्लिश क्लब लिभरपुललाई हराउँदै फ्रान्सको पेरिस सेन्ट जर्मेन पीएसजी च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगेको छ । मंगलबार राती भएको दोस्रो लेगमा लिभरपुल पीएसजीसँग पेनाल्टी सुटआउटमा पराजित हुँदा अवसर गुमाएको हो ।
पहिलो लेगमा लिभरपुल १–० ले अगाडि थियो । दोस्रो लेगमा पीएसजीले १२ औं मिनेटमा १ गोल गरेकामा पछि दुबै टोलीबाट गोल हुन सकेन भने खेल अतिरिक्त समयमा धकेलियो ।
अतिरिक्त समयमा समेत गोल हुन नसकेपछि निर्णय टाइब्रेकरबाट लिइएको हो । पेनाल्टी सुटआउटमा पीएसजीका चार वटा प्रहार गोलमा परिणत हुँदा लिभरपुलका लागि जम्मा मोहम्मद सालाहले मात्रै गोल गर्न सके ।
थुप्रैले लिभरपुललाई यो प्रतियोगिताको विजेता भनेका थिए । तर, यथार्थमा त्यसो हुन सकेन । ६ पल्टको युरोपीयन च्याम्पियन लिभरपुल इंग्लिश प्रिमियर लिगमा भने लिडिङ गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण