संसद् बैठक
विरोधको सूचना दर्ता गर्ने सुवाल प्रतिनिधिसभामा अनुपस्थित
बुधबार, २८ फागुन २०८१, १२ : ४८

काठमाडौँ । ‘सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्वन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’माथि विरोधको सूचना राख्ने सांसद प्रेम सुवाल प्रतिनिधिसभामा अनुपस्थित भएका छन् ।
विधेयकको विरोधका सूचना निर्णयार्थ प्रस्तुत गर्नुअघि उनलाई किन विरोधको सूचना राख्नुपरेको हो भनेर धारणा राख्न सभामुख देवराज घिमिरेले सुवालाई रोष्टममा बोलाएका थिए । तर, उनी अनुपस्थित भएका हुन् ।
त्यसपछि सभामुख घिमिरेले सो विधेयकमा विरोधको सूचना दर्ता गर्ने माओवादी सांसद हितराज पाण्डेलाई सूचनाबारे बोल्न दिएका छन् ।