संसद् बैठक
विरोधको सूचना दर्ता गर्ने सुवाल प्रतिनिधिसभामा अनुपस्थित
बुधबार, २८ फागुन २०८१, १२ : ४८
काठमाडौँ । ‘सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्वन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’माथि विरोधको सूचना राख्ने सांसद प्रेम सुवाल प्रतिनिधिसभामा अनुपस्थित भएका छन् ।
विधेयकको विरोधका सूचना निर्णयार्थ प्रस्तुत गर्नुअघि उनलाई किन विरोधको सूचना राख्नुपरेको हो भनेर धारणा राख्न सभामुख देवराज घिमिरेले सुवालाई रोष्टममा बोलाएका थिए । तर, उनी अनुपस्थित भएका हुन् ।
त्यसपछि सभामुख घिमिरेले सो विधेयकमा विरोधको सूचना दर्ता गर्ने माओवादी सांसद हितराज पाण्डेलाई सूचनाबारे बोल्न दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण