संसद् बैठक
दोस्रो विरोधको सूचनाबारे धारणा राख्न उपस्थित भए सुवाल
बुधबार, २८ फागुन २०८१, १३ : ३८

काठमाडौँ । सांसद प्रेम सुवाल दोस्रो विरोधको सूचनाबारे धारणा राख्न प्रतिनिधिसभामा उपस्थित भएका छन् । ‘सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ माथि विरोधको सूचना दिएका सांसद सुवाल धारणा राख्न सभामुख देवराज घिमिरेले समय दिँदा अनुपस्थित भएका थिए ।
दोस्रो विधेयक ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि विरोधको सूचना दिएका सुवाल धारणा राख्न बोलाउँदा भने उपस्थित भएर धारणा राखेका छन् ।