अदालतले दियो हसिनाको घरसमेत १२४ बैंक खाता रोक्का गर्ने आदेश
ढाका । ढाकाको एक अदालतले मंगलबार पूर्व प्रधानमन्त्री शेख हसिनाको परिवारको केही सम्पत्ति जफत गर्ने आदेश दिएको छ । अदालतले शेख हसिनाका पति स्वर्गीय आणविक वैज्ञानिक एमए वाजेद मियाको नाममा रहेको सुदासाधन जफत गर्ने पनि आदेश दिएको हो ।
उनको परिवारको १२४ वटा बैंक खाता रोक्का गर्ने आदेश पनि दिइएको छ । यी बैंक खातामा कम्तीमा ६ अर्ब बंगलादेशी टाका जति भएको बताइएको छ । भ्रष्टाचार निवारण आयोग (एसीसी)को याचिकामा यो आदेश दिइएको हो ।
यसबाहेक, शेख हसिनाको उनका छोरा सजिब वाजेद जोय, छोरी साइमा वाजेद पुतुल, बहिनी शेख रेहाना र उनका छोरीहरू ट्युलिप सिद्दीकी र रदवान मुजीबुर सिद्दीकीको सम्पत्ति पनि जफत गरिएको छ । फेब्रुअरी ६ मा बंगलादेशको विदेश मन्त्रालयले सामाजिक सञ्जाल र अन्य प्लेटफर्महरूमा हसिनाले निरन्तर दिइरहेका झूटा र बनावटी अभिव्यक्तिबारे भारत सरकारसँग कडा विरोध जनाएको थियो ।
बंगलादेश सरकारले हसिनाको अभिव्यक्तिले बंगलादेशका जनताको भावनामा चोट पुर्याएको र देशमा अस्थिरता फैलाउने प्रयास भइरहेको बताएको छ । ढाकास्थित भारतका कार्यवाहक उच्चायुक्तलाई पठाइएको विरोध पत्रमा बंगलादेशले भारतमा रहँदा सामाजिक सञ्जाल र सञ्चारका अन्य माध्यमहरू प्रयोग गरेर हसिनालाई यस्ता उत्तेजक अभिव्यक्ति दिनबाट रोक्न उचित कारबाही गर्न पनि अनुरोध गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण