अदालतले दियो हसिनाको घरसमेत १२४ बैंक खाता रोक्का गर्ने आदेश

ढाका । ढाकाको एक अदालतले मंगलबार पूर्व प्रधानमन्त्री शेख हसिनाको परिवारको केही सम्पत्ति जफत गर्ने आदेश दिएको छ । अदालतले शेख हसिनाका पति स्वर्गीय आणविक वैज्ञानिक एमए वाजेद मियाको नाममा रहेको सुदासाधन जफत गर्ने पनि आदेश दिएको हो ।
उनको परिवारको १२४ वटा बैंक खाता रोक्का गर्ने आदेश पनि दिइएको छ । यी बैंक खातामा कम्तीमा ६ अर्ब बंगलादेशी टाका जति भएको बताइएको छ । भ्रष्टाचार निवारण आयोग (एसीसी)को याचिकामा यो आदेश दिइएको हो ।
यसबाहेक, शेख हसिनाको उनका छोरा सजिब वाजेद जोय, छोरी साइमा वाजेद पुतुल, बहिनी शेख रेहाना र उनका छोरीहरू ट्युलिप सिद्दीकी र रदवान मुजीबुर सिद्दीकीको सम्पत्ति पनि जफत गरिएको छ । फेब्रुअरी ६ मा बंगलादेशको विदेश मन्त्रालयले सामाजिक सञ्जाल र अन्य प्लेटफर्महरूमा हसिनाले निरन्तर दिइरहेका झूटा र बनावटी अभिव्यक्तिबारे भारत सरकारसँग कडा विरोध जनाएको थियो ।
बंगलादेश सरकारले हसिनाको अभिव्यक्तिले बंगलादेशका जनताको भावनामा चोट पुर्याएको र देशमा अस्थिरता फैलाउने प्रयास भइरहेको बताएको छ । ढाकास्थित भारतका कार्यवाहक उच्चायुक्तलाई पठाइएको विरोध पत्रमा बंगलादेशले भारतमा रहँदा सामाजिक सञ्जाल र सञ्चारका अन्य माध्यमहरू प्रयोग गरेर हसिनालाई यस्ता उत्तेजक अभिव्यक्ति दिनबाट रोक्न उचित कारबाही गर्न पनि अनुरोध गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुपन्देहीको सहिद नारायण पोखरेल क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी
-
गलकोट बहुमुखी क्याम्पसमा क्रान्तिकारीका साहानी निर्वाचित
-
महाराजगन्ज नर्सिङ क्याम्पसमा नेविसंघकी पोखरेल निर्वाचित, एक मतले हारेपछि अनेरास्ववियुको विरोध
-
‘पाठेघर मुखको क्यान्सर’ खोजी गर्न अभियान सञ्चालन
-
एएनए सम्मेलन क्यानडाको क्यालगरीमा हुने
-
दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची