नेपालमा व्यवस्था बदल्ने बेला आयो : राणा
बर्दिया । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा आन्दोलन परिचालन समितिका संयोजक डा. धवल शमशेर राणाले नेपालमा व्यवस्था बदल्ने बेला आएको बताएका छन् । बर्दिया जिल्लामा आयोजित बृहत् मोटरसाइकल र्यालीलाई सम्बोधन गर्दै राणाले नेपाली जनताले राजसंस्था माग गरेको दाबी गरेका हुन् ।
‘भ्रष्ट नेताहरूको बिदाइ गर्न र देशमा अमनचैन कायम गर्न राजसंस्था आवश्यक भएको छ, जनताको चाहना पनि यही देखिएको छ । धर्म, संस्कृति, परम्परा बचाउन सनातन हिन्दु अधिराज्य चाहिएको छ,’ राप्रपा नेता राणाले बुधबार भने ।
राजसंस्था र सनातन हिन्दु अधिराज्य स्थापनाको लक्ष्य प्राप्त नगरेसम्म राप्रपाले जारी राखेको अभियान नरोकिने उनले बताए । ‘नेताहरूले हाम्रो धर्म, संस्कृति बेचेको कुरा अहिले प्रस्ट भएको छ । अमेरिकी राष्ट्रपति, अमेरिकी सांसद, भारतीय सांसदहरूले नै यो कुरा उठाइरहेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइबाटै नेपालमा धर्म संस्कृति मास्ने काम भएको, अमेरिका र नेपाल दुबैतर्फ भ्रष्टाचार भएको प्रस्ट भएको छ,’ राणाले भने ।
देश संकटमा परेको हुनाले देशलाई जोगाउन सबै राजसंस्थावादी, सनातन हिन्दु अधिराज्य पक्षधर, गणतन्त्र, संघीयता र भ्रष्टाचार विरोधी सबै एकजुट हुन महामन्त्री राणाले आह्वान गरे ।
राप्रपा आन्दोलन परिचालन समितिले फागुन महिनाभरि सातै प्रदेशका प्रमुख सहरहरूमा मोटरसाइकल र्याली सञ्चालन गर्ने र चैत महिना काठमाडौँ केन्द्रित आन्दोलन गर्ने कार्ययोजना तय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण