बोरुसिया डर्टमण्ड च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा, अबको भिडन्त बार्सिलोनासँग
बिहीबार, २९ फागुन २०८१, ०३ : ३०
काठमाडौं । फ्रान्सको लिलीलाई हराउँदै जर्मनीको बोरुसिया डर्टमण्ड च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगेको छ । बुधबार राती भएको दोस्रो लेगमा २-१ को जित निकालेको डर्टमण्ड समग्रमा ३-२ ले अघि रहँदै क्वार्टरफाइनलमा पुगेको हो ।
घरेलु मैदानमा लिलीका जोनाथन डेभिडले ५ औं मिनेट मै गोल गरे पनि अग्रता जोगाउन सकेन । डर्टमण्डका एम्रे क्यान र म्याक्सिमिलियन बियरले एक-एक गोल गरे ।
यसअघि गएको हप्ता भएको पहिलो लेगको खेलमा दुबैले १-१ को बराबरी खेलेका थिए । अब डर्टमण्डको क्वार्टरफाइनल भिडन्त बार्सिलोनासँग हुने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण