फराकिलो जित निकाल्दै च्याम्पियन्स लिगको क्वार्टरफाइनल पुग्यो आर्सनल
बिहीबार, २९ फागुन २०८१, ०३ : ४८

काठमाडौं । नेदरल्याण्ड्सको पीएसभी आइन्दोभेनलाई फराकिलो अन्तरले हराउँदै इंग्लिश क्लब आर्सनल च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा पुगेको छ । बुधबार राती भएको दोस्रो लेगमा २-२ बराबरी खेले पनि आर्सनल समग्रमा ९-३ को फराकिलो गोल अन्तरले क्वार्टरफाइनल पुगेको हो ।
पहिलो लेगमा आर्सनलले ७-१ को जित निकालेको थियो । घरेलु मैदानमा भएको दोस्रो लेगमा आर्सनलका लागि ओलेक्सान्ड्र जिनचेन्को र डेक्लान राइसले एक-एक गोल गरे । आइन्दोभेनका इभाँ राकिटिच र कोउह्याब ड्रिउएचले गोल फर्काए । अब क्वार्टर फाइनलमा रियाल मड्रिड वा एटलेटिको मड्रिडबीचको विजेतासँग हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनार्दन शर्मालाई प्रश्न– आगामी महाधिवेशनमा नेतृत्वमा प्रतिस्पर्धा गर्नुहुन्छ ?
-
‘शुभ विवाह’ मा सहकार्य गर्दै सुदर्शन र प्रदीप
-
पूर्वमन्त्री ढुण्डीराज शास्त्रीको निधनप्रति कांग्रेसको शोक प्रस्ताव (तस्बिरहरू)
-
परराष्ट्रको पत्र ‘गैरकानुनी’ भन्दै कूटनीतिक नियोगहरूलाई अर्को पत्र
-
नरेन्द्र मोदी र डोनाल्ड ट्रम्पबिच ३५ मिनेट फोनवार्ता : के –के भयो कुराकानी ?
-
तपाईलाई सुगर भएको त होइन ?