काठमाडौँ उपत्यकामा ठाउँ-ठाउँमा चेकिङ (तस्बिरहरू)
_xQOqLxIxFe.jpg)
काठमाडौँ । होलीलाई मध्यनजर गर्दै उपत्यका प्रहरी कार्यालयले काठमाडौँ, भक्तपुर र ललितपुरमा होली लक्षित सुरक्षा योजना बनाएर लागु गरेको छ ।
बिहीबार बिहानैदेखि उपत्यकामा चेकजाँच सुरु गरिएको उपत्यका प्रहरी कार्यालयका एसएसपी शेखर खनालले रातोपाटीलाई बताए । उनका अनुसार ट्राफिक र स्थानीय प्रहरीले उपत्यकाको १ सय २१ ठाउँमा चेकजाँच गर्छन् ।
सवारीसाधन चलाउनेहरूले मादक पदार्थ सेवन गरेको र लागुपदार्थ सेवन गरेको चेकजाँच गरिने खनालले जानकारी दिए । उनले भने, ‘चालकले लागु पदार्थ सेवन गरेको बारे परीक्षण गर्न प्राविधिक सहितको टिम खटाउन निर्देशन दिएका छौँ ।’
लागु पदार्थ सेवन गरेको भेटिए मुद्दा चलाइने उपत्यका प्रहरी कार्यालयका प्रवक्ता खनालले बताए । ३ वटा जिल्लाका १५५ ठाउँमा पिकेट ड्युटीका लागी प्रहरी परिचालन गर्ने गरी सुरक्षा योजना लागु गरिएको छ । पिकेट ड्युटीमा खटिने प्रहरीले आफ्नो क्षेत्रमा हुनसक्ने अवाञ्छित गतिविधिबारे निगरानी र गस्ती गर्छन् ।
इच्छाविपरीत लोला हान्नेहरूलाई नियन्त्रणमा लिन र निगरानी गर्न सादा पोसाकमा प्रहरी परिचालन गरिएको खनालले बताए । उनले भने, ‘सीसीक्यामेरा र ड्रोनबाट पनि अवाञ्छित गतिविधिबारे मनिटर गर्छौँ ।’
दुईपांग्रे सवारी चालकले हेलमेट नलगाएको र ३ जना चढेको भेटिए कारबाही गरिने प्रहरीको योजना छ । बिहीबार बिहानैबाट चेकजाँच सुरु गरिने जानकारी दिँदै खनालले भने, ‘ओभर स्पिडमा सवारी चलाएमा र क्षमता भन्दा धेरै यात्रु बसेमा कानुनी कारबाही हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्याङ्जामा रास्वपाका नेतामाथि आक्रमण, दुई जना घाइते
-
सुदूरपश्चिमको खेलकुद बजेट नारामै सीमित
-
धरानमा प्रमुख–उपप्रमुख द्वन्द्व के हो ?
-
इजरायलमा रहेका नेपाली भन्छन् : अहिलेसम्मकै खतरनाक युद्ध भोग्यौँ
-
टी–ट्वान्टी अन्तर्राष्ट्रियमा १ सय विकेट पूरा गर्ने दोस्रो खेलाडी बने करन केसी
-
प्रहरीले आचरण विपरीत सार्वजनिक गर्यो दिलभूषण पाठकको पक्राउ पुर्जीको सूचना