सुन तस्करीको मुद्दामा अभिनेत्रीले पाइनन् जमानत
बैंगलुरु । सुन तस्करी मुद्दामा पक्राउ परेकी कन्नड अभिनेत्री रान्या रावको जमानत निवेदनमाथिको सुनुवाइ स्थगित भएको छ। बैंगलुरुको विशेष अदालतले मार्च १४ पछि मात्र जमानत याचिकाको सुनुवाइ गर्नेछ।
रान्यालाई मार्च ३ मा १४ करोड रुपैयाँ बराबरको सुनसहित पक्राउ गरिएको थियो। ४ मार्चमा उनलाई १४ दिनको न्यायिक हिरासतमा पठाइएको थियो।
यसअघि मंगलबार रान्याका साथी तरुण राजुलाई प्रहरीले पक्राउ गरेको थियो। राजु बैंगलुरुको एट्रिया होटलका मालिकका नाति हुन्।
अभिनेत्रीकी साथीलाई सोमबार बैंगलुरुको विशेष आर्थिक अपराध अदालतमा पेस गरिएको थियो। अदालतले उनलाई पाँच दिनको लागि राजस्व गुप्तचर निर्देशनालयको हिरासतमा पठाएको छ।
रान्याले आर्किटेक्ट जतिन हुक्केरीसँग विवाह गरेपछि तरुण राजु र अभिनेत्रीबिच मतभेद सुरु भयो। यसका बाबजुद पनि, दुवै जना सँगै सुन तस्करी गरिरहेका थिए।
अभिनेत्री रान्यामाथि विमानस्थलको भीआईपी प्रोटोकलको फाइदा उठाएको आरोप लागेको छ। उनका सौतेनी बुबा तथा कर्नाटकका डीजीपी डा। के रामचन्द्र रावमाथि उनलाई सहयोग गरेको आरोप छ।
कर्नाटकको कांग्रेस सरकारले अतिरिक्त मुख्य सचिव ९एसीएस० गौरव गुप्तालाई डीजीपी रावको भूमिकाको अनुसन्धान गर्न र एक हप्ता भित्र प्रतिवेदन बुझाउन भनेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण