बर्दियाको मधुवनी नगरपालिकाका वडाअध्यक्ष विद्युत चोर्दा–चोर्दै पक्राउ
सोमबार, २१ जेठ २०७५, ११ : ३२

काठमाडौँ । बर्दियाको मधुवनी नगरपालिका–२ का वडा अध्यक्ष पहाडी थारु विद्युत चोरी गर्दागर्दै पक्राउ परेका छन् ।
आइतबार राती १० बजेतिर हुकिङ गरेर विद्युत चोरी गरिरहेको अवस्थामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र विद्युत प्राधिकरणका कर्मचारीले थारुलाई नियन्त्रणमा लिएका थिए ।
गुलरियाको सानोश्री एरियामा विद्युत चोरीरहेको अवस्थामा पक्राउ परेका वडा अध्यक्ष थारुले ‘ईज्जत जोगाइदिनु’ भन्दै अनुनय गरेपछि प्राधिकरणले उनलाई जरिवाना तिराएर छाडेको जिल्ला प्रहरी कार्यालय बर्दियाका एक अधिकृतले रातोपाटीलाई बताए ।
विद्युत प्राधिकरण गुलरिया वितरण केन्द्र स्रोतका अनुसार थारुले ८ हजार १ सय ९९ सय रुपैयाँ जरिवाना तिरेका छन् ।
हुकिङ गरेको बिजुलीबाट उनले तीनओटा सिएफएल चिम बालेको र पानी तान्ने मोटर चलाएको खुल्न आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माध्यामिक तहमा स्वास्थ्य विषयलाई अनिवार्य बनाउन माग
-
काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा हावाहुरी र वर्षा
-
शान्तिका लागि तयार नभएसम्म राष्ट्रपति पुटिनमाथि दबाब बढाइन्छ : युरोपेली सङ्घ प्रमुख
-
आईसीसी विश्वकप लिग २ शृंखला : एकदिवसीय अभ्यास खेलमा नेपालको जित
-
चितुवाको आक्रमणबाट मृत्यु भएका १४ परिवारलाई १ करोड बढी क्षतिपूर्ति
-
प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवादका अतिथिको सम्मानमा रात्रिभोज