होलीमा अमर्यादित गतिविधि नगर्न रौतहट प्रशासनको आग्रह
रौतहट। असत्यमाथि सत्यको विजय भएको उपलक्ष्यमा सांस्कृतिक पर्वको रूपमा रङ्ग अबिर दलेर मनाइने फागु पूर्णिमा अर्थात् होली पर्वलाई मर्यादित बनाउन जिल्ला प्रशासन कार्यालय रौतहटले आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालय रौतहटले एक सूचना जारी गर्दै आपसी सद्भाव र सौहार्द्यता वृद्धि होस भनी यस रङ्गको पर्वोत्स्व होलीमा एक अर्काको इच्छा विपरीत होलीको बहानामा जबरजस्ती रङ्ग दल्ने, हानिकारक प्रकारका रंगका वस्तुहरू दल्ने, लोला हान्ने, बटुवा लाई रङ्ग लगाउने, फोहोर छ्याप्ने, अनावश्यक दुःख हैरानी नदिन आग्रह गरेको हो।
बाटो अवरोध गरी सवारी साधन बाट रकम असुल्ने, मादक पदार्थ सेवन गरी सार्वजनिक शान्ति सुरक्षामा असर पुर्याउने जस्ता कार्य प्रचलित कानुन विपरीत भएकाले त्यस्तो गतिविधि नगर्न आग्रह गरिएको छ। प्रचलित कानुन बमोजिम कसैको इच्छा विपरीत बिना स्वीकृति उल्लेखित कार्यहरू गरेको पाइएमा कडा कारबाही हुने सिडिओ विनोद कुमार खडकाद्वारा हस्ताक्षरित सूचना मार्फत चेतावनी दिइएको छ।
त्यसैगरी आज मनाइने होली पर्व शान्तिपूर्ण तरिकाले सम्पन्न गराउन जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी दिलीप घिमिरेको कमान्डमा ५१३ जना प्रहरी परिचालन गरिएको जनाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण