शंकरदेव क्याम्पसमा ३ विद्यार्थी संगठनको तालाबन्दी
काठमाडौँ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मुखमा शंकरदेव क्याम्पसमा तीन वटा विद्यार्थी गठनले तालाबन्दी गरेका छन् । चैत ५ गते हुन गइरहेको स्ववियु निर्वाचनको प्रक्रिया सुरु भएसँगै फागुन २७ गतेदेखि तालाबन्दी गरिएको हो ।
त्यसरी तालाबन्दी गर्नेमा नेकपा एमाले निकट अनेरास्ववियु, नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियू र नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी रहेका छन् ।
उनीहरूले स्ववियु कोषको दुरुपयोग गरी विद्यार्थी भर्ना गरिएको भन्दै उनीहरूले निर्वाचन प्रक्रिया सुरु भएसँगै तालाबन्दी गरेका हुन् ।
शंकरदेव क्याम्पसमा स्ववियु अध्यक्ष सुशान्त बस्नेतले स्ववियुको कोष दुरुपयोगगरी विद्यार्थी भर्ना गरेको उनीहरूको आरोप छ । अनेरास्ववियु उपाध्यक्ष नारायण घर्तीले ४०० फर्जी विद्यार्थी भर्ना गरेको देखिएपनि अनौपचारिक रूपमा हेर्दा एक हजार १३२ जना फर्जी विद्यार्थी देखिएको बताए ।
स्ववियुले गरिव, पिछडिएका, अपाङ्ग तथा जेहनदार विद्यार्थीको नाममा रहेको कोषबाट स्ववियु सभापति बस्नेतले चार सय भन्दा बढी विद्यार्थी भर्ना गरेको आरोप लगाएका हुन् ।
उनीहरूले स्ववियु अध्यक्ष नै फर्जी विद्यार्थी भर्ना गर्ने काममा लागेको भन्दै त्यसको छानविन नहुँदासम्म तालाबन्दी नखुल्ने अनेरास्ववियुले जनाएको छ । फर्जी विद्यार्थीको भर्ना खारेज गर्नुपर्ने उनीहरूको माथ छ ।
तीन वटा संगठनबाट तालाबन्दी गरिएपछि फागुन २८ गते निर्वाचन समितिले निर्वाचन प्रक्रिया स्थगित भएको सूचना जारी गरेको थियो । स्ववियु निर्वाचन अधिकृत ध्रुव सुवेदीले असामान्य परिस्थिति उत्पन्न भएकोले अर्को सूचना नआएसम्म स्ववियु चुनाव स्थगित भएको सूचना निकालेका थिए ।
स्ववियु अध्यक्ष बस्नेतले भने कोषको रकम दुरुपयोग नगरी गरिब, जेहेनदार, पिछडिएका क्षेत्रका विद्यार्थीलाई भर्ना गरिदिएको बताए । ‘अन्य स्ववियुले कोषको पैसा कार्यक्रम गरेर सक्छन् । मैले आर्थिक रूपमा विपन्न भएर भर्ना समेत गर्न समेत नपाएका विद्यार्थीलाई भर्ना गरिदिए । कोषको पैसा मैले झन् विद्यार्थीको कल्याणकै लागि खर्च गरेको हुँ,’ अध्यक्ष बस्नेतले भने ।
अध्यक्ष बस्नेतले भने २ देखि ३०० को हाराहारीमा मात्रै कोषको पैसाबाट विद्यार्थी भर्ना गरिएको बताए ।
_RIDUbXvagC.jpg)
_qtMLZXLxif.jpg)
_dmdDSMBFpn.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण