सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

परोपकार प्रसूति अस्पतालको अध्यक्षमा पाण्डे  नियुक्त

शुक्रबार, ०१ चैत २०८१, १६ : १०
शुक्रबार, ०१ चैत २०८१

काठमाडौँ । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल विकास समितिको अध्यक्षमा धनुषाकी वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. सरोजा कार्की पाण्डे नियुक्त भएकी छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै अस्पतालमै यसअघि १५ वर्ष वरिष्ठ कन्सल्ट्याण्टका रूपमा सेवा गरेकी पाण्डेलाई अध्यक्षको जिम्मेवारी दिएका हुन् ।

डा. पाण्डेले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट स्त्री रोग विशेषज्ञ एमडी गरेकी हुन्

। यसअघि भरतपुर अस्पतालकी रजिस्ट्रार रहिसकेकी डा. पाण्डेले प्रसूति तथा स्त्री रोग सम्बन्धी नीति निर्माण तथा प्रशिक्षकको भूमिका समेत निर्वाह गरिसकेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप