सेन्सरबारे दीपकराज गिरी, दयाहाङ राई र नवीन सुब्बाको आपत्ति
काठमाडौँ । चलचित्र सेन्सरसम्बन्धी निर्णयको विरोध गर्दै अभिनेता तथा निर्माता दीपकराज गिरीले सरकारको हस्तक्षेपप्रति कडा आपत्ति जनाएका छन् ।
उनले आफूलाई सूचना तथा सञ्चार मन्त्रालय र चलचित्र विकास बोर्ड बोलाइएको उल्लेख गर्दै भने, ‘म एक्लै थिएँ, सामु ५० भन्दा बढी थिए। बहस गर्न खोजेँ, तर मलाई जबरजस्ती दृश्यहरू हटाउन बाध्य पारियो।’
गिरीका अनुसार चलचित्र सेन्सर गर्ने प्रक्रिया नै त्रुटिपूर्ण छ। ’पहिले त मलाई आदेश दिएर दृश्यहरू हटाउन भनियो, जब मैले प्रतिवाद गरेँ । यो त अनुरोध मात्र हो' भनियो। तर, अन्ततः मलाई बाध्य पारियो,’ उनका अनुसार, चलचित्र बोर्डमा रहेका अन्य फिल्मकर्मीहरू मौन बसे, ‘चलचित्रको कुनै ज्ञान नभएका सरकारी पदाधिकारीहरूले सेन्सर बोर्ड चलाइरहेका छन्। यस्ता व्यक्तिहरूले फिल्ममाथि निर्णय गर्न सक्दैनन् ।’
उनले सेन्सरशिपको दोहोरो नीति रहेको भन्दै प्रश्न उठाए। ‘युट्युब, वेब सिरिजहरूमा सेन्सर हुँदैन। टेलिभिजन शोहरू रोकिँदैनन्। तर, सिनेमा हलमा दर्शक स्वेच्छाले जाने हुँदा पनि चलचित्रमा मात्र नियन्त्रण लगाइन्छ। यो अन्यायपूर्ण छ,’ गिरीले भने।
चलचित्र निर्देशक नवीन सुब्बाले पनि सेन्सरको विरोध गर्दै भने, ‘न पत्रिकामा, न अनलाइन मिडियामा, न अन्य डिजिटल प्लेटफर्ममा सेन्सर हुन्छ। केवल फिल्मलाई मात्र किन?’
उनका अनुसार अन्य देशहरूमा चलचित्रलाई उमेरअनुसार ग्रेडिङ मात्र गरिन्छ, दृश्यहरू जबरजस्ती हटाइँदैन। उनले भने, ‘भारतमा सेन्सर प्रणाली दोस्रो विश्वयुद्धपछि ब्रिटिसहरूले ल्याएका थिए। अधिनायकवादी र कम्युनिस्ट देशहरूमा मात्र यस्तो हुन्छ। हाम्रो देश लोकतान्त्रिक हो भने किन यो पालना गर्नुपर्छ?’
विदेशमा नेपाललाई फिल्ममाथि कडा सेन्सर हुने देशको रूपमा चिनाउँदा नेपाली चलचित्रकर्मीहरूलाई लाज लाग्ने सुब्बाको भनाइ थियो। उनले भने, ‘सेन्सर बोर्ड चलाउने राजनीतिक व्यक्तिहरूले बुझ्नुपर्छ, यसले हाम्रो देशको छविलाई पनि धक्का पुर्याउँछ।’
अभिनेता दयाहाङ राईले आफ्ना चलचित्रहरूसँग तुलना गर्दै सेन्सर नियमको कठोरताको आलोचना गरे। ‘मेरो चलचित्रमा अमेरिकी कविताको एक दृश्य छ, अब यदि सेन्सर नियम पालना गर्नुपर्छ भने त्यहाँबाट 'अमेरिका' शब्द नै हटाउनुपर्छ,‘ उनले भने, ‘एउटा संवादमा स्थानको नाम मात्र उल्लेख गरिएको छ, त्यसलाई पनि हटाउन भनिएको छ। यो कहाँको न्याय हो?’
गिरी, सुब्बा र राईले चलचित्रकर्मीहरूलाई एकजुट भई सेन्सरका अन्यायपूर्ण नियमविरुद्ध लड्न आग्रह गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण