विशिष्टको सुविधा घटाएर जनताको सुविधा बढाउनु पर्छ : चन्द्र भण्डारी
गुल्मी । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले अति विशिष्ट पदाधिकारीहरूको सेवा सुविधा घटाउन माग गरेका छन् ।
नेपाली कांग्रेस गुल्मी क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलनलाई शुक्रबार सम्बोधन गर्दै सोही क्षेत्रका सांसद समेत रहेका भण्डारीले देश आर्थिक संकटमा गइरहेका बेला विशिष्ट पदाधिकारीको सेवा सुविधा बढाउने प्रस्ताव स्वीकार्य नहुने बताए ।
अहिलेका शीर्ष नेताहरूबाट देश नबन्ने दाबी गर्दै भण्डारीले उनीहरूलाई सम्मानजनक रुपले विस्थापित गरी आफूहरुले देशलाई निकास दिन लागि परेको बताए ।
नेता भण्डारीले नयाँ पुस्ताका नेताहरूलाई साथ दिन देशभरका मतदाताहरूलाई आग्रह समेत गरे ।
कार्यक्रममा राष्ट्रिय सभा सदस्य विष्णु सापकोटा, कांग्रेसका प्रदेश उपसभापति भुवन श्रेष्ठ जिल्ला सभापति तथा रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थी लगायतका नेताहरूले केन्द्रीय नेताहरू सुध्रिनुपर्ने र आम कार्यकर्ता निराश नभई खबरदारी गरिरहनुपर्नेमा जोड दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण