१८ महिनादेखि चलिरहेको थियो आमिर–गौरीको डेटिङ

नयाँदिल्ली । बलिउडका मिस्टर परफेक्शनिस्ट आमिर खान ६० वर्षका भए । उनले दुई पटक विवाह गरे । दुवै श्रीमतीसँग १६–१६ वर्ष जीवन बिताए । बच्चाहरू जन्माए र त्यसपछि सम्बन्ध विच्छेद भयो ।
सम्बन्ध विच्छेदपछि प्रायः जोडीहरू एकअर्काको अनुहार समेत हेर्न मन पराउँदैनन् । तर आमिरको आफ्नी पहिलो श्रीमती रीना दत्ता र दोस्रो श्रीमती किरण रावसँग अझै पनि राम्रो सम्बन्ध छ । छोरीको बिहे गरेर ससुरा समेत बनिसकेका आमिर खान फेरि एक पटक प्रेममा परेका छन् ।
उनी एक पटक फेरि बच्चाकी आमासँग प्रेममा परेका हुन् । यो कुरा अभिनेता आफैँले जन्मदिन अघिको एक समारोहका बिच अनौपचारिक तवरले मिडियालाई भनेका हुन् ।
दुवै जना एकअर्कालाई विगत २५ वर्षदेखि चिन्छन् । तर उनीहरूबिच पछिल्लो १८ महिनादेखि डेटिङ चलिरहेको छ । यस कुरालाई आफूले कसरी लुकाएर राखे भन्ने कुरा अभिनेता आफैँले खुलासा गरेका छन् ।
आमिर खानले हालै गौरी स्प्रेटसँगको आफ्नो सम्बन्धको पुष्टि गरेका थिए । उनले जन्मदिन अघिको एक सेलिब्रेशन कार्यक्रममा गौरीलाई मिडियासँग परिचय गराएर आफ्नो परिवारले पनि आफ्नी नयाँ प्रेमिकालाई मन पराउने बताएका थिए ।
१८ महिनासम्म कसरी लुकाए सम्बन्ध ?
आमिरले ठट्टा गर्दै भने, ‘देख्यौ, मैले तिमीहरुलाई केही पनि थाहा दिइनँ ।’ तर आमिर खानले मिडियाबाट आफ्नो सम्बन्ध कसरी लुकाए ? अभिनेताले भने, ‘सबैभन्दा पहिले, उनी बेंगलुरुमा बस्छिन् र अहिले पनि त्यतै छिन् । त्यसैले म उनलाई भेट्न त्यहाँ जान्थें र त्यहाँ मिडियाको ध्यान कम हुन्छ । त्यसैले हाम्रो सम्बन्ध गोप्य रह्यो’ उनले भने ।
गौरी मुम्बई आइन र आमिर अनि उनको परिवारलाई भेटिन् । अब आफूले सुरक्षित महसुस गरेकोले पनि सम्बन्ध सार्वजनिक गरेको उनको भनाइ छ । ‘हामी अब प्रतिबद्ध छौँ र हामीलाई एक अर्कालाई लिएर सेक्योर छौँ। त्यसैले हामीले हाम्रो सम्बन्धबारेमा तपाईंहरूलाई बताउने निर्णय गर्यौं’ उनले भने । सम्बन्ध लुकाइराख्नु नपर्ने बताउँदै उनले यसबारे बताइदिनु नै राम्रो ठानेर यो निर्णय गरेको बताए ।
आमिरको परिवारले गरे गौरीलाई स्वागत
गौरीले आमिरको परिवारलाई भेटेको बारेमा बोलेकी थिइन् । आमिरको परिवारले आफूलाई खुला हृदयले स्वागत गरेको उनले बताइन् । आमिरको परिवारले उनलाई खुला हृदयले स्वीकार गरेको पनि उनले बताएको भन्दै डेक्कन हेराल्डले समाचार छापेको छ । आमिर खानले गौरीलाई २५ वर्षदेखि चिन्ने बताएका छन् ।
को हुन् गौरी स्प्रेट ?
गौरी स्प्राट बैंगलोरकी बासिन्दा हुन । हाल उनी आमिर खान फिल्म्समा काम गरिरहेकी छिन् । उनको व्यावसायिक पृष्ठभूमि हेयर ड्रेसिङमा छ । उनले लन्डनको कला विश्वविद्यालयबाट फेसन, स्टाइलिङ र फोटोग्राफीमा एफडीए गरेकी छिन् । गौरीकी आमा तमिल हुन र बुबा आयरिश हुन् । उनका हजुरबुबा स्वतन्त्रता सेनानी थिए । उनी ६ वर्षको छोराकी आमा पनि हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सीले ८६०औँ गोल गरेको खेलमा मिनेसोटासँग हार्यो इन्टर मियामी
-
पर्यटकको पर्खाइमा म्याग्दीको तास्नाधुरी
-
आम जनता पार्टीले देशव्यापी भण्डाफोर अभियान सञ्चालन गर्ने
-
बुद्ध जयन्तीका लागि सिँगारिँदै स्वयम्भूनाथ (तस्बिरहरू)
-
ट्रक पल्टिँदा नारायणघाट-मुग्लिन सडक अवरुद्ध
-
एआईले खोस्नै नसक्ने मानिसको क्षमता के हो ?