धनगढीमा नुहाउने क्रममा नदीमा डुबेर दुई किशोरको मृत्यु
शनिबार, ०२ चैत २०८१, १३ : ००

धनगढी । कैलालीको धनगढीमा नुहाउने क्रममा नदीमा डुबेर दुई किशोरको मृत्यु भएको छ । शनिबार धनगढी उपमहानगरपालिका–१९ फूलबारीमा मोहना नदीमा नुहाउने क्रममा डुबेर सोही ठाउँका १५ वर्षीय दिनेश ओझा र १६ वर्षीय आशिष ओझाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
नदीमा डुबेका उनीहरूलाई मृत अवस्थामा निकालिएको थियो । उनीहरूसँगै नदीमा नुहाउन गएका अन्य दुई किशोर पनि डुबेर घाइते भएका छन् ।
घाइते हुनेमा फूलबारीकै १६ वर्षीय करनसिंह धामी र १५ वर्षीय अदर्श पुजारा रहेका छन् । दुवै जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत–पाकिस्तान द्वन्द्व : आवश्यक सुरक्षा सतर्कता अपनाउन सांसदहरूको ध्यानाकर्षण
-
गभर्नर नियुक्ति गर्न रुलिङको माग
-
व्यावसायिक विमानलाई पाकिस्तानी रक्षामन्त्रीको सुझाव– पाकिस्तानको आकाश प्रयोग नगर्नू
-
भारत–पाकिस्तान युद्ध तत्काल रोक्न माग गर्दै काठमाडौँमा प्रदर्शन (तस्बिरहरू)
-
एन्फाको साधारणसभामा गणेश थापालाई प्रवेश गर्न नदिएपछि झडप
-
दाइजोप्रथा अन्त्यका लागि कानुन बनाएर तत्काल कार्यान्वयन गर्नुपर्छ : मीना यादव