काठमाडौँ । पाकिस्तानको प्रसिद्ध गजलकार गुलाम अली यतिबेला नेपालमा छन् । उनी बिहीबार दुबई हुँदै नेपाल आएका हुन् ।
_VsvOl9vM7l.jpg)
शनिबार ललितपुरको पुल्चोकमा आयोजित हुने ‘गुलाम अली थ्री जनेरेशन अन वन स्टेज’ कार्यक्रम आयोजना गरिएको छ । साधना कला केन्द्रले आयोजना गरेको कार्यक्रममा गायक अली ११ सदस्यीय ब्याण्डसहित आएर प्रस्तुति दिएका छन् । आयोजकले उनलाई काठमाडौँको एउटा तारे होटलमा राखेको छ ।
_m4EQRiUwoC.jpg)
अलीले करिब ३ घण्टा आफ्ना लोकप्रिय गजल गाएका छन् । आयोजक संस्था साधना कला केन्द्रका मिलन मोक्तानका अनुसार कार्यक्रममा गायक अलीका छोरा अमिर र नाति नाजिरले पनि प्रस्तुति दिएका छन् ।
_XeAM9HACaq.jpg)
गुलाम अली पाकिस्तानी चर्चित गजल तथा पार्श्वगायक हुन् । उनी गायक बडे गुलाम अली खान र छोटे गुलाम अली खानका चेला हुन् । उनी गजल गायकको रूपमा प्रख्यात छन् ।
_iUrxeSxgE5.jpg)
पाकिस्तानको अलावा भारत, नेपाल, बङ्गलादेश, अमेरिका, बेलायत र मध्यपूर्वी एसियामा समेत उनी चर्चित छन् । उनका थुप्रै गजल बलिउड फिल्ममा समेत समेटिएको छ ।
_NP93irRgeP.jpg)
_UZgeDYtss6.jpg)
_rFk9hYHDWB.jpg)
_EnMa3UjBsk.jpg)
_dGVrmamSYg.jpg)
_x7AohvBbHm.jpg)
_0Ui4g9ovfu.jpg)
_9xpUoqPbaV.jpg)
_yq9AnTSac3.jpg)
_VYXGsOnHdS.jpg)
_wzHojSgjv3.jpg)
_Q34UfckWcR.jpg)
_qTnPTQSqch.jpg)
_kA8OjASS2N.jpg)
_tSqpdfC5Gq.jpg)
_BKtIoOUQXM.jpg)
_4PFwwqLSlC.jpg)
_Jv6fPFCy9m.jpg)
प्रतिक्रिया