नागार्जुनको गौतम गाउँमा आगलागी, बाटो साघुँरो हुँदा आगो निभाउन सास्ती
आइतबार, ०३ चैत २०८१, ०० : १८
काठमाडौं । नागार्जुन नगरपालिका–७ गौतम गाउँस्थित एक घरमा लागेको आगो निभाउन सास्ती भएको छ । स्थानीय कृष्णहरि श्रेष्ठको भुइँतले कच्ची घरमा राती ९ बजे लागेको आगो नियन्त्रण गर्न कठिनाई भएको र आगो निभाउन ललितपुर महानगर समेतको सहयोग लिनु परेको बताइएको छ ।
आगलागीबाट मानवीय क्षति नभए पनि अन्न, लुगालगायत मालसामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । बाटो साँघुरो भएका कारण ठूलो दमकल प्रवेश गर्न नसकेपछि ललितपुर महानगरका दुइटा दमकल प्रयोग गरेर आगो निभाइएको हो । आगो निभाउन काठमाडौं र ललितपुर महानगरपालिका तथा सशस्त्र प्रहरीको दमकल प्रयोग गरिएको थियो । आगलागीको कारण भने खुल्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण